अमेरिका र भियतनामबीच व्यापार सम्झौता, भियतनामी बजारमा अमेरिकी उत्पादन शून्य करमा बेच्न पाइने


प्रकाशित मिति : असार १८, २०८२ बुधबार

फोटो : मार्क शिफेलबीन/एपी/रासस

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भियतनामसँग व्यापार सम्झौता गरेको घोषणा गरेका छन । ट्रम्प प्रशासनद्वारा तोकिएको जुलाई ९ को म्यादअघि गरिएको यो तेस्रो महत्वपूर्ण सम्झौता हो।

तर विश्व व्यापारको समग्र अवस्था अझै अन्योलमा रहेको देखिन्छ । “मैले भर्खरै भियतनामसँग व्यापार सम्झौता गरेँ,” ट्रम्पले आफनो सामाजिक सञ्जालमा लेखेका छन ।

भियतनामबाट अमेरिका आउने वस्तुहरूमा २० प्रतिशत भन्सार कर लगाइनेछ, भने अरू देशको सामग्री भियतनाममार्फत अमेरिका निर्यात गरिएमा ४० प्रतिशत भन्सार कर लगाइने उनले बताएका छन ।

अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले एक्स मा लेखे, “ट्रान्सशिपिंग” कर भन्नाले कुनै अन्य देशले आफ्नो सामग्री भियतनाममार्फत अमेरिका पठाएमा त्यो वस्तुमा ४० प्रतिशत कर लाग्नेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२० प्रतिशत भन्सार कर हाल लागू भएको न्यूनतम दरभन्दा दोब्बर हो । ट्रम्पले भने, “बदला स्वरूप, भियतनामले पहिलोपटक अमेरिकालाई पूर्ण व्यापारिक पहुँच दिनेछ । अर्थात्, उनीहरूले आफ्नो बजार अमेरिकाका लागि खुला गर्नेछन्, जसअनुसार हामीले भियतनामी बजारमा आफ्नो सामान शून्य करमा बेच्न सक्नेछौं।”

तर सम्झौता पूरा भएको छ वा छैन भन्ने स्पष्ट छैन । भियतनामको सरकारी समाचार संस्था ले ट्रम्प र भियतनामी महासचिव तो लाम बीच बुधबार फोनवार्ता भएको जनाएको छ।

यो सम्झौतालाई “फ्रेमवर्क” सम्झौता भनिएको छ। फोनवार्तामा तो लामले अमेरिकासँग भियतनामलाई बजार अर्थतन्त्रको मान्यता दिन र उच्च प्रविधि उत्पादनमा लगाइएको निर्यात प्रतिबन्ध हटाउन आग्रह गरेका थिए।

गत केही महिनादेखि ट्रम्प र उनको प्रशासनले विभिन्न देशहरू अमेरिकासँग व्यापार सम्झौता गर्न इच्छुक रहेको दाबी गर्दै आएका थिए । तर जुलाई ९ मा ९० दिने भन्सार “विश्राम अवधि” सकिएपछि, ट्रम्पले घोषणा गरिसकेको ५० प्रतिशत सम्मको भन्सार कर लागू हुन सक्छ।

यदि अप्रिलमा ट्रम्पले घोषणा गरेका दरहरू लागू भए, भने भियतनामबाट आउने सामानहरूमा ४६ प्रतिशत सम्मको न्यूनतम भन्सार लाग्ने सम्भावना थियो । त्यो दर ट्रम्पद्वारा प्रस्तावित सबैभन्दा उच्च दरहरू मध्ये एक थियो। सम्झौतासम्बन्धी आधिकारिक कागजात अझै सार्वजनिक छैन ।

पछिल्लो वर्ष भियतनाम अमेरिका आपूर्ति गर्ने छैटौं ठूलो देश बन्यो । १३७ बिलियन अमेरिकी डलर बराबरको सामान अमेरिका पठाएको छ । जुन पाँच वर्ष अघिको तुलनामा दोब्बर हो।

तर, यससँगै व्यापार घाटा पनि बढेको छ । पछिल्लो वर्ष, अमेरिकाको भियतनामसँगको व्यापार घाटा १२३ बिलियन डलर पुगेको थियो । जुन तेस्रो ठूलो घाटा हो । २०१९ मा यो ५६ बिलियन डलर थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com