अमेरिकामा मृत्युदण्डबाट जोगिन आरोपीद्वारा हत्याको दोष स्वीकार


प्रकाशित मिति : असार १६, २०८२ सोमबार

हत्याको अभियोगमा थुनामा रहेका ब्रायन कोहबर्गरले मृत्युदण्डबाट बच्न दोष स्वीकार्ने सहमति गरेका छन । उनी २०२२ मा आयडाहो विश्वविद्यालयका चार विद्यार्थीको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा थुनामा रहेका छन् ।

उनले मृत्युदण्ड नलगाइने सर्तमा चारवटै हत्याको दोषी स्वीकार गर्ने सहमति जनाएका हुन । यसले विगत दुई वर्षदेखि चल्दै आएको कानुनी प्रक्रिया अन्त्यतिर लैजान सक्ने संभावना रहेको छ ।

सहमति अनुसार कोहबर्गर चारवटा हत्या आरोपमा दोषी ठहर हुनेछन् । सरकार पक्षले मृत्युदण्डको माग गर्नेछैन । यो सहमति पीडित कायली गनकाल्भेसको परिवारका कानुनी प्रतिनिधि शनन ग्रेले पनि पुष्टि गरेका छन्।

बुधबारका लागि सुनुवाइ तय गरिएको छ । यसअघि अगस्टमा कोहबर्गरको मुद्दा सुरु हुने तय गरिएको थियो । जहाँ अभियोजन पक्षले मृत्युदण्डको माग गर्ने जनाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गनकाल्भेस परिवारले जनाएको अनुसार, सहमतिको जानकारी पीडितका परिवारलाई पत्रमार्फत दिइएको थियो। परिवारले यसलाई “धेरै अप्रत्याशित” भन्दै “राज्यको धोका” भनेका छन्।

दुई वर्षभन्दा बढीपछि यो सबै एक गोप्य सम्झौता र हतारिएको निर्णयका साथ टुंग्याइँदैछ । हामीलाई यसमा कुनै आवाज दिइएन । सुरु देखिनै हामीलाई विपक्षीझैं व्यवहार गरिएको छ पिडितको परिवारको गुनासो छ ।

गत हप्ता कोहबर्गर पक्षले मुद्दा स्थगित गर्न गरेको प्रयास अस्वीकार गरिएको थियो । साथै, उनले चारजना वैकल्पिक अभियुक्त हुन सक्ने व्यक्तिहरूमाथि आशंका व्यक्त गर्दै उनीहरूलाई दोषारोपण गर्ने प्रस्ताव राखेका थिए । प्रस्तावलाई न्यायाधीशले “अनुमान मात्र” भन्दै खारेज गरेका थिए ।

उनका वकिलले घटनाको रात उनी एक्लै गाडी चलाइरहेका भनेर दाबी गरेका छन । तर कसैले त्यो पुष्टि गर्न सकेको छैन । त्यसैले अदालतले आधिकारिक घटनाको बेला कहाँ थिए भन्ने प्रमाण पेश गर्न रोक लगाएको थियो।

सहमतिपत्रमा कोहबर्गरलाई जीवनभरको जेल सजाय दिइनेछ । उनले कुनै अपील गर्न पाउने छैनन ।

कोहबर्गर वाशिंगटन स्टेट विश्वविद्यालयमा अपराध विज्ञानको पीएचडी विद्यार्थी थिए । उनीमाथि २०२२ नोभेम्बर १३ मा आयडाहोको मास्को शहरमा चार विद्यार्थीको चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेको थियो।

कोहबर्गरलाई एक महिनापछि पेनसिल्भेनियामा गिरफ्तार गरिएको थियो। अनुसन्धानकर्ताहरूले उनको घरको फोहोरबाट भेटिएको डिएनएको आधारमा प्रमाण जुटाएका थिए ।

अभियोजन पक्षका अनुसार कोहबर्गरको डिएनए घटनास्थलको चक्कुको खोलमा भेटिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com