हार्वर्ड विश्वविद्यालयसँग सहमति हुनसक्ने राष्ट्रपति ट्रम्पको संकेत


प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालय र ह्वाइट हाउसबीच सहमतिको हुनसक्ने बताएका छन । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा उनले सक्रिय वार्ता भइरहेको दावी गरेका छन् ।

उनले संभावित सहमतिबारे “आगामी एक हप्ताभित्र” घोषणा हुन सक्ने जनाएका छन् । ट्रम्पले कुनै प्रमाण प्रस्तुत नगरी वार्ताको दावी गरे पनि उनले हार्वर्डको आचरणको भने प्रशंसा गरेका छन ।

उनले लेखे, “यी वार्ताहरूको क्रममा हार्वर्डले अत्यन्त जिम्मेवारीपूर्वक व्यवहार गरेको छ र सही कदम चाल्ने प्रतिबद्ध देखिएको छ।”

यो वार्ता विश्वविद्यालयको संघीय सरकारविरुद्ध दायर दुई मुद्दामध्ये कुनै एकसँग सम्बन्धित छ वा ट्रम्प प्रशासनको विभिन्न मागहरूसँग गैर औपचारिक रूपमा जोडिएको हो भनेर उनले कुनै विषयमा जानकारी दिएका छैनन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हार्वर्डका प्रवक्ताहरूले ट्रम्पको टिप्पणीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । मार्च महिनादेखि ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा विदेशी सहयोग, आन्तरिक अनुशासन प्रक्रिया, र कोष व्यवस्थापन सम्बन्धी विभिन्न अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानमार्फत प्रशासनले विश्वविद्यालयलाई शासकीय संरचना फेरबदल गर्न, विदेशी सरकारहरूसँगको सम्बन्ध तोड्न, र प्यालेस्टाइन समर्थन प्रदर्शनहरूमा भाग लिने विद्यार्थीहरूविरुद्ध कडा कदम चाल्न दबाव दिँदै आएको छ ।

ट्रम्प र उनका अधिकारीहरूले हार्वर्डमाथि यहूदी विरोधी दृष्टिकोण बढाएको, श्वेत, एशियाली र पुरुष विद्यार्थी तथा कामदारहरूमाथि विभेद गरेको आरोप लगाउँदै आएका छन् ।

साथै, हार्वर्डको ५३ बिलियन डलरको कोष लाई औंल्याउँदै विश्वविद्यालयले संघीय अनुसन्धान कोषमा निर्भर हुनु नपर्ने बताएका छन् ।

हालैका हप्ताहरूमा हार्वर्डले केहि आन्तरिक परिवर्तनहरू गरेको छ । यी परिवर्तनहरुलाई वाशिंगटनसँगको तनाव घटाउने प्रयासको रूपमा हेरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com