मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्सद्वारा न्यूयोर्क राज्यविरुद्ध मुद्दा दायर, कारण यस्तो रहेछ


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स ले न्यूयोर्क राज्यको ‘हेट स्पीच’ निगरानी कानुनविरुद्ध मुद्दा हालेको छ । मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले न्यूयोर्क राज्यको नयाँ कानुनविरुद्ध मुद्दा हालेको हो ।

उक्त कानुनले सामाजिक सञ्जाल कम्पनीहरूलाई हेट स्पीच, उग्र विचारधारा, र विवादास्पद सामग्री कसरी निगरानी गर्छन् भन्ने जानकारी सार्वजनिक गर्नुपर्ने माग गर्दछ ।

मंगलबार दर्ता गरिएको मुद्दामा एक्स ले यो कानुनले कम्पनीहरूलाई ‘संविधानको पहिलो संशोधनअन्तर्गत सुरक्षित रहेको संवेदनशील र विवादास्पद अभिव्यक्ति’ उजागर गर्न बाध्य बनाउने दावी गरेको छ ।

यस मुद्दाको विपक्षीका रूपमा न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्स रहेको उल्लेख गरिएको छ । उनी नै उक्त कानुनको कार्यान्वयनको जिम्मेवारीमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ अध्ययन अनुसार अमेरिकामा धेरै नागरिकहरूले समाचारको मुख्य स्रोतको रूपमा सामाजिक सञ्जाल प्रयोग गर्ने गर्छन् । तीमध्ये धेरैजसो एक्स (ट्विटर) जस्ता प्लेटफर्ममा भर पर्ने गरेको अध्ययनले देखाएको छ ।

एक्स ले मुद्दामा भनेको छ , “सामाजिक सञ्जालमा कुन सामग्री स्वीकार्य हो भन्नेबारे विवेकी मानिसहरूबीच ठूलो बहस हुने गर्छ, र यस निर्णयमा सरकारको कुनै भूमिका हुनु हुँदैन।”

न्यूयोर्क राज्यमा गत डिसेम्बरमा पारित गरिएको घृणालाई लुकाउनु रोकौं ऐन अन्तर्गत सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो प्लेटफर्ममा घृणाजन्य सामग्री हटाउन गरेका प्रयासहरू र तिनको प्रगति सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

कानुनको प्रस्तावक दुई सांसद—सेनेटर ब्र्याड होईलम्यान सिगल र असेंबली सदस्य ग्रेस ली—ले मंगलबार जारी विज्ञप्तिमा भने, “एक्स जस्ता प्लेटफर्महरू घृणास्पद अभिव्यक्तिको दलदल बनिसकेका छन्, र यो कानुनले अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन गर्दैन।”

उनीहरूले थपे, “सामाजिक सञ्जाल कम्पनीहरूले सार्वजनिक रूपमा आफ्नो घृणा तथा गलत सूचना सम्बन्धी नीतिहरू बारे लगातार पारदर्शिता देखाउन असफल भएका छन्।”

एक्स ले नौ महिना अघि क्यालिफोर्नियाको समान कानुनलाई अदालतमार्फत रोक्न सफल भएको थियो । सो कानुनले ठूला सामाजिक सञ्जाल कम्पनीहरूलाई सामग्री नियन्त्रण नीतिबारे प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरेको थियो।

एक्स ले उक्त पुरानो कानुनी जितलाई मंगलबार दर्ता गरेको नयाँ मुद्दामा उद्धृत गरेको छ ।

न्यूयोर्क राज्यका सांसदहरूले क्यालिफोर्नियाको कानुन खारेज भएपछि पनि आफूले प्रस्तावित कानुनको भाषा परिमार्जन नगरेको भन्दै आलोचना एक्सले गरेको छ ।

एक्स का मालिक एलन मस्कले सन् २०२२ मा प्लेटफर्म किनेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com