इरानप्रति अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक चेतावनी – ‘आत्मसमर्पण गर, नत्र…’


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले इरानको “बिना सर्त आत्मसमर्पण” माग गर्दै इरानी सर्वोच्च नेता आयातोल्ला अली खामेनीको हत्याको सम्भावना समेत उल्लेख गरेका छन्। ट्रम्पले इजरायलको युद्धप्रयासलाई शब्दमार्फत समर्थन गर्दै अमेरिकी हस्तक्षेपको संकेतसमेत दिएका छन्।

ट्रम्पको यो अभिव्यक्ति इजरायलले ह्वाइट हाउसलाई इरानको आणविक कार्यक्रम अन्त्य गर्न सैनिक हस्तक्षेप गर्न आह्वान गरिरहेको समयमा आएको हो। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी नेतृत्वलाई आग्रह गरेका छन्, उनीहरूले इरानको गहिरो भूमिगत आणविक स्थल (फोर्डो) मा ठूलो बंकर(फोड्ने बम खसालून। इजरायलसँग यस्ता शक्तिशाली बम तथा यिनीहरू बोक्न सक्ने युद्धविमान छैनन्।

ट्रम्पले ट्रुथ सोसलमा लेख्दै भने, “हामीलाई ठ्याक्कै थाहा छ कि आयातोल्ला अली खामेनी कहाँ लुकेका छन्।” तर, उनले थपे, “हामी उनलाई बाहिर निकाल्ने (मार्ने!) छैनौं, कम्तिमा अहिलेको लागि।”

ट्रुथ सोसलमा ट्रम्पको पोस्ट ।

उनले इजरायली हवाई शक्तिको प्रशंसा गर्दै भने, “हामीसँग अहिले इरानको आकाशमा पूर्ण नियन्त्रण छ।” यस बयानमा ट्रम्पले आफूलाई इजरायलको सैन्य कारवाहीसँग प्रत्यक्ष रूपमा जोडेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले सोमबार पत्रकारहरूसँग एयर फोर्स वनमा कुरा गर्दै भनेका थिए, “म युद्धविरामभन्दा राम्रो केहि खोज्दैछु । म वास्तविक अन्त्य चाहन्छु।”

जी ७ राष्ट्रहरूको क्यानडाको अल्बर्टामा भएको बैठकबाट एक दिन अघि फर्केका ट्रम्पले भने, “म चाहन्छु कि इरान आत्मसमर्पण गरोस् र आणविक हतियार विकास गर्ने योजना परित्याग गरोस्। म अहिले वार्ता गर्न विशेष मूडमा छैन।”

ट्रम्पको यो अभिव्यक्ति इजरायल–इरानबीच बढ्दो तनावको पृष्ठभूमिमा आएको हो। हालसालै इजरायलले इरानभित्रका केहि स्थानहरूमा आक्रमण गरेको रिपोर्ट आएको छ भने इरानले पनि इजरायली स्वामित्वका जहाज तथा सैन्य स्थापनालाई निशाना बनाउँदै आएको छ।

ट्रम्प प्रशासनले सन् २०१८ मा इरानसँग भएको आणविक सम्झौताबाट अमेरिका फिर्ता गरेपछि दुबै देशबीचको सम्बन्ध चिसिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com