अमेरिकामा पूर्व सभामुखको हत्या आरोपमा एकजना पक्राउ


प्रकाशित मिति : असार २, २०८२ सोमबार

अमेरिकी राज्य मिनेसोटामा डेमोक्र्याटिक राज्य सांसद मेलिसा होर्टम्यान र उनका श्रीमान मार्कको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

व्यान्स लुथर बोएल्टर नामक व्यक्ति आइतबार राति मिनेसोटाको ग्रामीण क्षेत्रमा पक्राउ परेका हुन्।

खोज अभियानपछि उनको गिरफ्तारी भएको हो। मिनेसोटाका गभर्नर टिम वाल्ज ले यस घटनालाई ‘राजनीतिक उद्देश्यले गरिएका हत्या’को संज्ञा दिएका छन्।

पुलिसका अनुसार बोएल्टर पक्राउ पर्दा हतियारसहित थिए । तर प्रहरीसँग उनले आत्मसमर्पण गरेका थिए । बोएल्टरमाथि डेमोक्र्याटिक राज्य सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेट माथि गोली हानेको पनि आरोप छ। दुवै अहिले अस्पतालमा होसमा छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुलिसले गाडी सिब्ली काउन्टीमा फेला पारेपछि बोएल्टर पक्राउ परेका हुन् । जुन ठाउँ घटनास्थल ब्रुकलिन पार्क बाट लगभग ८० किलोमिटर टाढा पर्छ।

यस घटनालाई मिनेसोटाको इतिहासमै सबैभन्दा ठूलो खोज अभियान भनिएको छ । हवाइ टोली र स्वाट टिमको प्रयोग खोजि कार्यमा गरिएको थियो। घटनामा कुनै पनि प्रहरी अधिकारी घाइते नभएको बताइएको छ ।

गभर्नर टिम वाल्ज ले राजनीतिक मतभेद समाधान गर्ने तरिका आक्रमण हुन नसक्ने बताएका छन । मिनियापोलिसका मेयर ज्याकोब फ्रे ले बोएल्टरको गिरफ्तारीमा संलग्न कानुन कार्यान्वयन निकायको ‘सीप र साहस’ को प्रशंसा गरे।

उनले भने, “राजनीतिक हिंसा अति निन्दनीय हो। यो हाम्रो लोकतन्त्रको नैतिक मुल्यको विपरित हो। यस्तो कार्य गर्नेहरूलाई कानुनी रूपमा जवाफदेही बनाइनुपर्छ।”

बोएल्टरमाथि आफूलाई प्रहरीको रूपमा प्रस्तुत गरेर शनिबार आक्रमण गरेको आरोप छ। त्यसपछि उनले प्रहरीसँग गोली हानाहान गरेर भागेका थिए।

मेलिसा होर्टम्यान ले २० वर्षसम्म मिनेसोटा राज्य सभामा सेवा गरेकी थिइन् । २०१९ देखि २०२५ सम्म सभामुख थिइन्।

बोएल्टर अघिल्लो समयमा सरकारको नियुक्तिमा एक राजनीतिक पदाधिकारी समेत थिए । उनी वर्कफोर्स डेभलपमेन्ट बोर्ड मा सिनेटर हफम्यानसँग काम गरिसकेका थिए।

बोएल्टरले प्रयोग गरेको गाडीमा अनुसन्धानकर्ताहरूले एक “लक्ष्य सूची” फेला पारेका छन्। मिनेसोटा क्रिमिनल एप्रिहेन्सन ब्युरो का प्रमुख ड्रु इभान्स ले पत्रकार सम्मेलनमा भने कि उक्त सूचीलाई “घोषणापत्र” भन्न नमिल्ने बताए ।

किनभने त्यो कुनै राजनीतिक लेख वा विचारहरूको संग्रह थिएन। स्थानीय सञ्चार माध्यमहरूका अनुसार उक्त सूचीमा गभर्नर टिम वाल्ज, कांग्रेस सदस्य इलहान ओमार र राज्यका महान्यायाधिवक्ता कीथ एलिसन को नाम समावेश थियो।

इभान्सले सूचीका नामहरू खुलासा नगरे पनि विस्कन्सिन, इलिनोइस, मिशिगन, नेब्रास्का र आयोवा राज्यका अधिकारीहरूलाई सूचित गरिएको बताएका छन् ।

यस हत्याकाण्डले मिनेसोटा मात्रै होइन, अमेरिकी राजनीतिक वातावरणमा पनि गम्भीर सन्देश दिएको छ।

हिंसा र उग्रवाद लोकतान्त्रिक प्रक्रियाको विकल्प हुन सक्दैन भन्ने कुरा नेताहरूले जोड दिएका छन्। अब बोएल्टरमाथि कडा कानुनी कारबाही हुने अपेक्षा गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com