गाजामा इजरायली नाकाबन्दी : कुपोषण र औषधिको अभावमा ३०० बढी प्यालेस्टिनीको मृत्यु


प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार

MIDEAST-GAZA-JABALIA-DISPLACED CHILDREN

गाजा पट्टीमा इजरायली नाकाबन्दीका कारण उत्पन्न अनिकाल र कुपोषणका कारण ५८ जना प्यालेस्टिनीको ज्यान गएको गाजाका सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार २६ जना मृगौला पीडितसहित खाना र औषधिको अभावका कारण थप २४२ जनाको मृत्यु भएको छ । यसै गरी इजरायली नाकाबन्दीको दुष्प्रभावले ८० दिनमा ३०० गर्भवती महिलाहरूमा स्वतः गर्भपात भएको जनाइएको छ ।

सञ्चारमाध्यमले प्यालेस्टिनीमाथि लादिएको भोकमरीको कारण गाजामा बढ्दो मानवीय प्रकोपप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो प्रवृत्तिको निन्दा गरेको छ । खाना चिकित्सा सेवा र इन्धनको प्रवेश रोक्न लगातारको नाकाबन्दी गाजाका २४ मिलियन भन्दा बढी प्यालेस्टिनीहरूको जीवनलाई खतरा पु¥याउन कदमलाई विनाशकारी मानवीय आपराधिक प्रवृत्तिको रूपमा चित्रण गरिएको छ ।

सञ्चारमाध्यमका अनुसार सन् २०२५ मार्च २ देखि इजरायलले गाजा पट्टीमा एकल मानवीय सहायता वा इन्धन ट्रकको प्रवेशलाई अनुमति दिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी सबै सीमा मार्गहरूको बन्द अन्तर्राष्ट्रिय कानुन र मापदण्डहरूको उल्लङ्घन भएको र यसप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको रिपोर्टमा जनाइएको छ । रिपोर्टमा गाजाको मानवीय अवस्था हरेक कोणबाट विनाशकारी स्तरमा पुगेको जनाएको छ ।

अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्र सङ्घ र मानवतावादी सङ्गठनहरूलाई सबै सीमा खोली गाजामा खाना, औषधि र इन्धनको प्रवेशलाई अनुमति दिई नागरिकको जीवन बचाउन आह्वान गरेका रिपोर्टमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय फौजदारी अदालत र मानव अधिकार तथा कानुनी संस्थाहरूलाई इजरायललाई युद्ध अपराधीको रूपमा मुद्दा चलाउन तथा नैतिक र कानुनी रूपमा जिम्मेवारी लिनुपर्ने जनाएका छन् ।

इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः सुरु गरेपछि यस क्षेत्रमा आक्रमणमा परी १२ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै कयौँ घाइते भएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com