गल्तीले देश निकाला गरिएका गार्सियालाई एल साल्भाडोरले अमेरिका फिर्ता नपठाउने


प्रकाशित मिति : बैशाख २, २०८२ मंगलबार

अमेरिकी प्रशासनको गल्तीका कारण देश निकाला भएर एल साल्भाडोरमा पुराइएका व्यक्तिलाई एल साल्भाडोरले फिर्ता नगर्ने घोषणा गरेको छ । ति व्यक्तिलाई फिर्ता ल्याउन अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई आदेश दिएको थियो ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले अमेरिकी सर्वोच्च अदालतको आदेशका बाबजुद पनि किल्मार आब्रेगो गार्सियालाई अमेरिका फिर्ता नपठाउने घोषणा गरेका हुन ।

गार्सिया हाल एल साल्भाडोरको विवादास्पद मेगा जेलमा कैद छन् । त्यहाँ अमेरिकाद्वारा “ग्याङ सदस्य” भनेर निष्कासन गरिएका सयौं आप्रवासीहरूलाई पठाइएको छ ।

राष्ट्रपति बुकेलेले सोमबार ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पसँगको बैठकमा बताएका हुन् । ट्रम्प र बुकेलेबीच राम्रो सम्बन्ध रहँदै आएको छ । उनीहरूबीच आप्रवासी नियन्त्रण र अपराध नियन्त्रण सम्बन्धी सहकार्य थप बलियो बनिरहेको देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सर्वोच्च अदालतले गत हप्ता ट्रम्प प्रशासनलाई किल्मार गार्सियाको पुनः अमेरिका फिर्ती सहज बनाउन निर्देशन दिएको थियो। गार्सियालाई २०१९ मा अदालतले निर्वासनबाट संरक्षण दिएको भएपनि उनी २०२४ मा प्रशासनिक गल्तीका कारण एल साल्भाडोर पठाइएका थिए ।

तर अमेरिकी महान्यायाधिवक्ता प्याम बन्डीले उनीहरू फिर्ता आउने या नआउने निर्णय एल साल्भाडोरकै हातमा रहेका बताए । ट्रम्प प्रशासनले पनि अदालतको आदेश पालना गर्न नसकिने जिकिर गर्दै आएको छ ।

वृद्धाहरूलाई ब्याटले हिर्काउने , मेट्रो स्टेशनमा मानिसहरूलाई धकेल्ने जस्ता अमेरिकामै बसेर अपराध गर्ने व्यक्तिहरुलाई कानुनले अनुमति दिएमा देशबाहिर पठाउन चाहेको ट्रम्पले बताएका छन ।

एल साल्भाडोरको मेगा जेल राष्ट्रपति बुकेलेको ग्याङविरुद्धको युद्धको प्रतीक बनेको छ । यो ११६ हेक्टरमा फैलिएको अत्याधुनिक सुरक्षायुक्त छ ।

यस जेलमा ४० हजार कैदी राख्न सकिने दाबी गरिएको छ । यो जेलमा झ्याल वा हावा सर्कुलेशन छैन भनिएको छ ।

म्याट्रेस वा ओढ्ने नहुने फलामका बेडहरूमा कैदीहरू सुत्ने गरेको र एक कोठामा १५० भन्दा बढी कैदी राख्ने गरिएको बताइएको छ ।

ट्रम्प प्रशासनसँगको सहकार्यले बुकेलेलाई वाशिङ्टनमा लोकप्रियता दिलाइरहेको देखिन्छ । जसको कारण अमेरिकाले एल साल्भाडोरमा भइरहेको लोकतान्त्रिक पतन वा मानव अधिकार उल्लङ्घनप्रति गहिरो प्रतिक्रिया जनाउन छाडेको आलोचकहरू बताउँछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com