अमेरिकामा आँधी अपडेट : मृतकको संख्या २२ पुग्यो, मृतक अधिकांश बालबालिका र वृद्ध
प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार
ROLLING FORK, MS – MARCH 25: Damage from a series of powerful storms and at least one tornado is seen on March 25, 2023 in Rolling Fork, Mississippi. At least 26 people have reportedly been killed with dozens more injured following devastating storms across western Mississippi and Alabama on Friday night. Will Newton/Getty Images/AFP (Photo by Will Newton / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
अमेरिकाको मध्यपश्चिम र दक्षिणी क्षेत्रहरुमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
मृतकमा अधिकांश बालबालिका र वृद्धहरु रहेका छन । आँधी र बाढीले झण्डै २ मिलियन मानिस विजुलीविहिन भएर बस्नु परेको थियो ।
विद्यालय तथा सार्वजनिक क्षेत्रहरुमा आँधी र बाढीले क्षति पुराएको अधिकारीहरुले बताएका छन ।
क्षतिको विवरण संलकन भइरहेकाले आँधी र बाढीले कति नोक्सान गर्यो भनेर अनुमान गर्न नसकिएको बताइएको छ ।
अझै पनि धेरै ठाउँमा आँधी र बाढीको चेतावनी दिइएका कारण मृत्यु र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
मृतकहरु मध्ये आधा जति टेनेसी राज्यका रहेका छन । मिसोरीमा तीन , केन्टकीमा तीन जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन ।
इन्डियाना, मिसिसिपी, जर्जिया र अर्कान्सास राज्यहरूमा पनि बाढीका कारण मृत्यु भएका घटनाहरु रेकर्ड गरिएका छन ।
अकस्मात रुपमा बदलिएको मौसमले नदिहरूको पानीको मात्रा बढाएको छ । मौसम विभागले अझैपनि केहि स्थानहरूमा बाढीको संभावना रहेको चेतावनी दिएको छ ।
सोमबार ९ मिलियन अमेरिकीहरु बाढीको उच्च जोखिममा रहेका थिए । तर अहिले भने अबस्था कम हुँदै गएको छ ।
आँधी देशभर फैलिएको थियो । फ्लोरिडा, जर्जिया र क्यारोलिनासमा आँधीले अत्यधिक वर्षा गराएको थियो ।
यो मध्यपश्चिमका लागि कडा मौसमको हप्ता बनेको छ । दर्जनौं टर्नाडो आँधीहरु आएको रिपोर्ट गरिएको छ ।
मार्च महिनामा टर्नाडो, जंगली आगो र धूलोका आँधीले अमेरिकामा ४० जनाको मृत्यु भएको थियो ।






