अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न अमेरिकाको आग्रह


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

अमेरिकाले गाजा क्षेत्रमा अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न सबै पक्षसँग आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय मानवतामूलक कानूनको पालना गर्नु युद्धग्रस्त क्षेत्रमा सबैको दायित्व भएको अमेरिकाले स्मरण गराएको छ ।

तर अमेरिकाले गाजा क्षेत्रमा इजरायलको आक्रमणमा परि मृत्यु भएका स्वास्थ्यकर्मी , उद्धारकर्ता र राष्ट्रसंघका एक जना अधिकारी सहित १५ जनाको बारेमा अमेरिकाले केहि बनाएको छैन ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टामी ब्रुसले गाजामा भएको प्रत्येक घटना हमासको कारण भएको बताइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राष्ट्र संघको मानवतामूलक एजेन्सीले २३ मार्चमा पाँच वटा एम्बुलेन्स, एउटा दमकल र संयुक्त राष्ट्र संघको गाडीलाई लक्षित गरेर हमला भएको बताएको छ । उक्त घटनामा १५ जना मारिएका थिए ।

इजरायली सैनिकले सन्दिग्ध रूपमा अगाडि बढिरहेका गाडीहरूमा गोली चलाएका बताएका थिए ।

अन्तर्राष्ट्रिय मानवतामूलक कानूनले नागरिकहरूलाई लक्षित गर्न प्रतिबन्ध लगाएको छ । कानूनले चिकित्सक तथा कर्मचारीहरूको लागि विशेष सुरक्षा को प्रतिबद्धता गरेको छ ।

इजरायलको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता रहेको अमेरिका आफैंका कानूनी प्रावधानहरू द्वारा बाँधिएको छ ।

संयुक्त राष्ट्र संघको गाजामा मानवतामूलक एजेन्सीका प्रमुख जोनाथन व्हिटलले स्वास्थ्य सेवाकर्मीहरूलाई लक्षित गर्नु आतंवादी कृयाकलाप हुने बताएका छन ।

इजरायलले १८ मार्चमा गाजामा हवाई र भूमिगत अभियान पुन सुचारु गरेको थियो । त्यसपछिका केही हप्ता भित्र गाजामा १ हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

गाजामा चलिरहेको युद्धका क्रममा अहिलेसम्म ५० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com