सीरियामा हिंसा बढ्दै : दुई दिनमा १ हजार मानिस मारिए
प्रकाशित मिति : फाल्गुन २४, २०८१ शनिबार
सीरियामा रहेका अल्पसंख्यक समूहका सयौं नागरिकको हत्या गरेको आरोप त्यहाँको सुरक्षा बलमाथि लागेको छ । युद्ध निगरानी समूहले सीरियाको तटवर्ती क्षेत्रमा जार्री हिंसामा अल्पसंख्यक मारिएको बताएको छ ।
ब्रिटेनस्थित सिरियन अब्जर्भेटोरी फर ह्युमन राइट्सले शुक्रबार र शनिबारको बीचमा ३० वटा हत्या काण्डका घटनामा कम्तिमा ७५० जना नागरिकको हत्या गरिएको जानकारी दिएको छ । मारिने अधिकांश अलावाइट समूहका सदस्यहरु रहेका छन ।
ति क्षेत्रबाट सयौं मानिसहरू आफ्ना घरबाट पलायन भएको बताइएको छ । यो क्षेत्र विस्थापित राष्ट्रपति बशर अल असदको गढ़ मानिन्छ । असर स्वयं अलावाइट समुदायसँग सम्बन्धित व्यक्ति हुन ।
पछिल्ला दुई दिनमा १ हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । सिरियामा असद शासनको पतनपछि भएको सबैभन्दा भयंकर हिंसालाई यो घटनाक्रमले जनाउँछ ।
मारिनेमा असदको पक्षमा लड्ने सरकारी फौज र बन्दूकधारीहरू पनि समावेश छन । बिहीबारदेखि तटवर्ती लताकिया र तार्तूस प्रान्तहरूमा भिडन्त भइरहेका छन ।
हिंसाले अलावाइट समुदायलाई भयको स्थितिमा पुर्याएको देखिन्छ ।
प्रभावित क्षेत्रहरूबाट सयौं मानिसहरू पलायन भएका छन्। ठूलो सङ्ख्यामा मानिसहरूले लताकियास्थित हेमीमिममा रहेको रुसी सैन्य आधारमा शरण लिएका छन् ।
सीरिया का लागि संयुक्त राष्ट्रका विशेष दूत गेइर पेडरसनले सिरियाका तटवर्ती क्षेत्रहरूमा भइरहेको नागरिक मृत्यु अत्यन्त चिन्ताजनक भएको बताए ।
अलावाइटहरू शिया इस्लाम सम्प्रदायको एक शाखा हो । सिरियाको जनसंख्याको लगभग १० प्रतिशत हिस्सा अलापाइटको रहेको छ । त्यहाँ सुन्नी मुस्लिमहरूको बाहुल्यता रहेको छ ।






