योजना आयोगका उपाध्यक्ष र यूएनइस्क्यापका कार्यकारी निर्देशकबीच भेट, के भयो कुराकानी ?


प्रकाशित मिति : फाल्गुन १३, २०८१ मंगलबार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घ एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएनइस्क्याप) का कार्यकारी निर्देशक अर्मिडा सेल्सिया अदिसजमानासँग शिष्टाचार भेट गरेको छ।

मंगलबार भएको उक्त भेटमा नेपाल र यूएनइस्क्यापबीच द्विपक्षीय तथा बहुपक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो। विशेष गरी अहिले कार्यान्वयनमा रहेको सोह्रौँ योजनासँग मेल खाने गरी दिगो विकास लक्ष्य (एसडीजी) हरूको प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो।

साथै, नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहज रणनीति निर्माण, स्तरोन्नतिपछि प्राप्त सुविधाहरूको निरन्तरता, तथा युएनइस्क्यापसँगको सहकार्यमा अध्ययन, अनुसन्धान लगायतका विषयमा विस्तृत विचार विमर्श भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com