अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी सङ्घीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्न आग्रह गरेका छन । उनले औचित्य पुष्टि नगरे जागिर गुमाउनुपर्ने चेतावनी दिएका छन ।
विश्वका सबैभन्दा धनी व्यक्ति तथा ट्रम्पका सबैभन्दा ठूला दाता मस्कले अनावश्यक सरकारी कर्मचारीलाई बिदा गर्ने प्रयासको नेतृत्व गरिरहेका छन ।
सबै सङ्घीय कर्मचारीहरूले चाँडै इमेल प्राप्त गर्ने र इमेललाई जवाफ दिन असफल भएमा त्यसलाई राजीनामाको रुपमा लिइने मस्कले वताएका हुन ।
सबैभन्दा ठूलो सङ्घीय कर्मचारी युनियन, ‘अमेरिकन फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लोइज (एएफजीई)’ का राष्ट्रिय अध्यक्ष एभरेट केलीले कुनै पनि गैरकानुनी बर्खास्तीलाई चुनौती दिने प्रतिबद्धता जनाएका छन ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
केलीले मस्क र ट्रम्प प्रशासनको आलोचना गर्दै यो कदमले “सङ्घीय कर्मचारीहरू र उनीहरूले अमेरिकी जनतालाई प्रदान गर्ने महत्वपूर्ण सेवाहरूप्रतिको घोर अपमान’ भएको बताए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।