युक्रेनलाई अटुट समर्थन दिइरहने बेलायती प्रधानमन्त्री स्टार्मरको बचन
प्रकाशित मिति : फाल्गुन १०, २०८१ शनिबार

बेलायतले युक्रेनलाई अटुट समर्थन गर्ने बताएको छ ।
प्रधानमन्त्री सर कीर स्टार्मर र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भएको टेलिफोन कुराकानीमा स्टार्मरले आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने वार्ताको क्रममा युक्रेनी सार्वभौमिकताको विषयमा छलफल गर्ने बताएका हुन ।
युक्रेनी सार्वभौमिकतालाई सम्मान गर्नुपर्दछ भन्नेमा बेलायतको मान्यता प्रस्ट रहेको भन्दै उनले अमेरिकी राष्ट्रपतिसँग पनि यस विषयमा खुलस्त कुरा गर्ने उल्लेख गरे ।
अमेरिका र रुसबीचमा शान्ती वार्ता साउदी अरेबियामा भएपछि स्टार्मर र जेलेस्न्कीबीचमा दोस्रो पटक टेलिफोन संवाद भएको हो ।
फोन वार्ताको विवरण दिँदै डाउनिङ स्ट्रिटले स्टार्मर र जेलेन्स्की युक्रेन र यूरोपको सुरक्षा भविष्यका लागि यो महत्त्वपूर्ण समय हो भन्नेमा सहमत भएका छन ।
स्टार्मरले युक्रेनको सार्वभौमिकता सुरक्षित राख्नु र रूसको भविष्यमा आक्रमणलाई रोक्नु महत्वपूर्ण कुरा भएको बताए ।
सोमबार रुसले युक्रेनमा हमला सुरु गरेको आक्रमणको तीन वर्ष पूरा हुँदैछ । यसै सन्र्दभमा बेलायतका विदेशमन्त्री डेविड लाम्मीले रूसको माथि थप प्रतिबन्ध लगाउने बताएका छन् ।
युक्रेनको समर्थन र आक्रमणको वार्षिकोत्सवको अवसरमा लण्डनमा रहेको रुसी दुतावास तर्फ विरोध प्रर्दशन भएको थियो ।
जेलेन्स्कीले स्टार्मरसँग भएको वार्ता सकारात्मक रहेको र दुबैजनाले सैन्य सहकार्य, संयुक्त कदमहरू, र आगामी हप्ताको लागि सक्रिय कदमहरू समन्वय गरेका बताएका छन ।
उनले X मा लेखे, “बेलायत र त्यहाँ जनता युक्रेनका सबैभन्दा ठूलो समर्थकहरू मध्ये एक हुन । हामी यसलाई गहिरो रूपमा कदर गर्छौं।”