लेबनानमा १ लाख बढी विस्थापित, पुनर्निर्माणका लागि ४ खर्ब १० अर्ब डलर लाग्ने अनुमान


प्रकाशित मिति : फाल्गुन ६, २०८१ मंगलबार

LEBANON-ISRAEL-PALESTINIAN-CONFLICT

लेबनानबाट इजरायली सेनाको फिर्तीको समयसीमा समाप्त भएको छ । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको थियो ।

हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिकहरू बाहिर निस्कनुपर्ने समयसीमा भने मङ्गलबार समाप्त भएको छ ।

लेबनानी सुरक्षा अधिकारीका अनुसार इजरायली सैनिकहरूले सोमबारदेखि केही सीमावर्ती गाउँबाट फिर्ता हुन थालेका थिए । तर उनीहरू प्रमुख क्षेत्रहरूमा रहने दृष्टिकोण देखिन्थ्यो ।

हिजबुल्लाहको गढ मानिने दक्षिण र पूर्वी लेबनान तथा दक्षिण बेरुतमा दुई महिनाको पूर्ण युद्ध र गाजा द्वन्द्वका कारण हिजबुल्लाहले शुरु गरेको एक वर्षको सीमा पार गतिविधिहरूका कारण भारी विनाश भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीहरूका अनुसार पुनर्निर्माण लागत ४ खर्ब १० अर्ब डलरभन्दा बढी पुग्नसक्ने अनुमान छ । संयुक्त राष्ट्रसङ्घको आँकडाअनुसार एक लाखभन्दा बढी मानिस अझै आन्तरिक रूपमा विस्थापित छन् ।

विनाशका बावजुद हजारौँले नोभेम्बर २७ को युद्धविरामदेखि घर फर्कन, उनीहरूको सम्पत्तिको निरीक्षण गर्न र केही अवस्थामा भग्नावशेषमुनि मृतकहरूको खोजी गर्न उत्सुकतापूर्वक पर्खिरहेका छन् ।

अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविरामअन्तर्गत इजरायली सेना ६० दिनको अवधिमा फिर्ता हुँदै गर्दा लेबनानको सेना संयुक्त राष्ट्र शान्ति सैनिकहरूसँग तैनाथ हुनुपर्ने थियो ।

यो अवधि फेब्रुअरी १८ सम्म विस्तार गरिएको थियो । हिजबुल्लाहले सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको लिटानी नदीको उत्तरतिर फर्किने र त्यहाँ बाँकी रहेको सैन्य पूर्वाधारहरू विघटन पार्ने थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम ‘लागु गर्न आफूले गर्नुपर्ने सबै पुरा गर्ने बताए ।

सीमाको इजरायली पक्षमा सैनिकहरू सहित ७८ जना मारिएका छन् र स्थलगत आक्रमणका क्रममा दक्षिणी लेबनानमा थप ५६ सैनिक मारिएका छन् ।

युद्धविराम सुरु भएयता लगभग ६० जना मारिएको बताइएको छ ।

तीमध्ये दुई दर्जन प्रारम्भिक फिर्ती समयसीमामा बासिन्दाहरूले सीमावर्ती सहरहरूमा फर्कने प्रयास गर्दा जनवरी २६ मा मारिएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com