राष्ट्रसंघमा अमेरिकी संलग्नताको समीक्षा गर्ने कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पको हस्ताक्षर


प्रकाशित मिति : माघ २३, २०८१ बुधबार

President Donald Trump signs executive orders in the Oval Office at the White House, Thursday, Jan. 30, 2025, in Washington. (AP Photo/Evan Vucci)

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघमा अमेरिकी कोष र संलग्नताको सामान्य समीक्षा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन ।

संयुक्त राष्ट्र संघको मुख्यदाता रहेको अमेरिकाको नेतृत्व भूमिकामा यो कार्यकारी आदेशले अनिश्चितता ल्याएको छ ।

संयुक्त राष्ट्रसंघसँग ठूलो सम्भावना छ, तर काम गर्न सकिरहेको छैन राष्ट्रपति ट्रम्पले भनेका छन ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्ध र द्वन्द्वको मध्यस्थता गर्नु पर्छ भनेको छ । तर राष्ट्रसंघले युक्रेन र गाजा जस्ता युद्धहरूमा कुनै कदम नचाल्नु बिडम्वनापूर्ण छ ट्रम्पले भनेका छन । उनले संसारभरका युद्धहरुलाई सम्हाल्न नसकेको भन्दै राष्ट्रसंघको आलोचना समेत गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले यदि संयुक्त राष्ट्रसंघले आफ्नो नीति परिवर्तन नगरेको खण्डमा धेरै देशहरू यसलाई छोड्ने अनुमान गरेका छन ।

राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट अमेरिका बाहिरिसकेको र प्यालेस्टिनीहरूको मद्दत गर्ने संयुक्त राष्ट्रको एजेंसी UNRWA को फन्डिंग रोक्नका लागि पनि आदेश दिएका छन ।

ट्रम्पको आदेशले UNESCO मा अमेरिकी संलग्नताको समीक्षा गर्ने गर्ने देखिएको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले अमेरिका र संयुक्त राष्ट्रसंघको सहकार्यले वैश्विक सुरक्षा बढाएको बताएका छन ।

महासचिव एंटोनियो गुटेरेसले अमेरिकी सरकार र राष्ट्रपति ट्रम्पसँगको आफ्नो सशक्त समबन्धलाई अझ मजबुत बनाउने आशा व्यक्त गरेका छन्।

गुटेरेसले ट्रम्पसँग सार्वजनिक झगडा नगरी संयमित तरिकाले अमेरिकी सरकारसँगको जटिल सम्बन्धलाई सम्हाल्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com