अमेरिकामा साउदी अरेबियाले ६०० अर्ब डलर लगानी गर्ने


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

साउदी अरबले अमेरिकामा ६०० अर्ब डलर लगानी गर्ने तयारी गरेको छ । तर यो लगानी कुन क्षेत्रमा हो त्यो भने बताएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग गरेको टेलिफोन वार्ताका क्रममा प्रिन्सले यो जानकारी दिएका हुन ।

यो लगानी आगामी ४ बर्षभित्र हुने बताइएको छ । ट्रम्पको अमेरिकामा राष्ट्रपतिको रुपमा ४ बर्षे कार्यकाल हुनेछ ।

साउदी सरकारले जारी गरेको विज्ञप्ति अनुसार बिन सलमानले ट्रम्पलाई बधाई दिदै उनको नेतृत्वमा अमेरिकी जनताले प्रगति र समृद्धि हासिल गर्ने कामना व्यक्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्ताका क्रममा मध्यपूर्वमा स्थिरता र आतंकवादविरुद्धका प्रयासहरूबारे मा पनि छलफल भएको छ ।

बिन सलमानले ट्रम्पको ‘अभूतपूर्व आर्थिक समृद्धि र अवसर सिर्जना गर्ने क्षमता’को प्रशंसा गर्दै साउदी अरेबिया अमेरिकामा विभिन्न पहलहरूमा सहकार्य गर्न र लगानी गर्न इच्छुक रहेको बताएका हुन ।

ट्रम्पले बिन सलमानप्रति आफ्नो कृतज्ञता व्यक्त गरेको र दुवै देशको हितका लागि सहकार्य गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको साउदी अरेबियाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com