अमेरिकामा हिमपात र चिसोले चारजनाको ज्यान गयो , आवश्यक सर्तकता अपनाउन मौसमविदको सुझाव


प्रकाशित मिति : माघ ९, २०८१ बुधबार

अमेरिकामा चिसोबाट कम्तीमा चारजनाको ज्यान गएको छ । अस्टिनमा दुईजना , जर्जियामा १ जना र मिल्वाकीमा १ जनाको मृत्यु चिसोका कारण भएको आशंका गरिएको छ ।

अमेरिकाको अधिकांश क्षेत्रमा अत्यधिक चिसोले जनजीवन प्रभावित बनाएको छ । यस हिउँदे आँधीले गल्फ कोस्ट क्षेत्रमा ठूलो असर पारेको छ ।

हिउँ प्रायः नदेखिने क्षेत्रमा अहिले हिमपातका कारण अनौठा दृश्यहरू देखिएका छन् । दक्षिणपूर्व टेक्सस, लुइजियाना, मिसिसिपी र अलाबामामा व्यापक हिमपात भएको छ ।

न्युलिन्सको लुइस आर्मस्ट्रङ अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ८ इन्च हिमपात मापन गरिएको थियो । जुन १९६३ को २.७ इन्चको कीर्तिमानभन्दा धेरै हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्लोरिडाको मोलिनोमा ५.५ इन्च हिमपात मापन भएको छ । जसले १९५४ को कीर्तिमान तोडेको छ । लुइजियाना र टेक्ससको केही भागमा पहिलो पटक हिम आँधीको चेतावनी जारी गरिएको छ ।

दक्षिणका विभिन्न विमानस्थल बन्द छन् । मंगलबार मात्र २ हजार ३०० भन्दा बढी उडान रद्द भएका थिए । लुइजियाना, जोर्जिया, अलाबामा, फ्लोरिडा र मिसिसिपीमा विद्यालय र सरकारी कार्यालयहरू बन्द भएका छन्।

क्यानडाको सीमा देखि मेक्सिको सीमासम्म चिसोका कारण जनजीवन प्रभावित भएको छ । टेक्ससको उत्तरी भागमा चिसोले तापक्रम एकल अंकमा झारिदिएको छ ।

लुइजियानाका जलवायुविद् जय ग्राइम्सका अनुसार, धेरैले यस्तो चिसो र हिमपात कहिल्यै अनुभव गरेका थिएनन ।

प्रभावित राज्यका अधिकारीहरूले जनतालाई यात्रा नगर्न, नल सानो खोलेर राख्न, धुवाँ र कार्बन मोनोअक्साइड डिटेक्टरको जाँच गर्न र घर तताउन चुलो प्रयोग नगर्न सुझाव दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com