अमेरिकाको क्यालिफोर्निया आगलागी : मृत्यु हुनेको संख्या २४ पुग्यो, फेरी तीव्र हावा चल्ने चेतावनी


प्रकाशित मिति : पुस २८, २०८१ आईतबार

The Palisades Fire burns a residence in the Pacific Palisades neighborhood of Los Angeles, Tuesday, Jan. 7, 2025. (AP Photo/Ethan Swope)

अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । १६ जना अझै हराइरहेका छन ।

इडन आगालागी क्षेत्रमा १६ जना र पलिसाड्स क्षेत्रमा ८ जनाको शव फेला परेको छ ।

आगलागी क्षेत्रमा लुटपाटका लागि २९ जनालाई पक्राउ गरिएको छ । दुई व्यक्ति नक्कली अग्निनियन्त्रकको भेषमा चोरीको प्रयास गर्दै पक्राउ परेका छन् ।

लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले राष्ट्रिय गार्डका थप १ हजार सदस्यलाई तैनाथ गर्ने घोषणा गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लस एन्जलस वरिपरिका आगलागी नियन्त्रणमा जुटेका अग्निनियन्त्रकहरूलाई यस हप्ता फेरि तीव्र हावाको सामना गर्नुपर्ने चेतावनी दिइएको छ ।

सान्ता एना हावाले आइतबार रातिदेखि बुधबारसम्म ६० माइल प्रतिघण्टा ९६ किमी सम्मको गतिमा चल्ने अनुमान गरिएको छ ।

अग्निनियन्त्रकहरूले आगो निभाउन केही प्रगति गरेका छन् । जसले लस एन्जलसको दुईवटा प्रमुख आगलागी ( पलिसाड्स र इटन ) को फैलावट रोक्न सहयोग पुर्याएको छ ।

स्थानीय फायरफाइटरहरूलाई अमेरिका, क्यानडा र मेक्सिकोका आठ राज्यबाट आएका टोलीहरूले साथ दिएका छन् ।

लस एन्जलसका अग्नि प्रमुख क्रिस्टिन क्राउलीले खाली गर्नुपर्ने क्षेत्र नजिकका बासिन्दाहरूलाई सचेत रहन र आदेश आएमा तुरुन्तै स्थानान्तरण गर्न आग्रह गरेकी छन् ।

क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसम र राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पबीच आगलागीका विषयमा विवाद चुलिएको छ ।

ट्रम्पले राज्यका नेताहरूलाई अयोग्य भनी आलोचना गरेका छन् । गभर्नर न्युसमले ट्रम्पलाई गलत सूचना फैलाएको आरोप लगाएका छन् ।

अहिलेसम्म करिब १ लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । करिब १ लाख मानिसलाई सतर्क रहन भनिएको छ ।

आगलागीको अवस्थालाई मध्यनजर गर्दै थप सावधानी अपनाउन अधिकारीहरूले सबैलाई आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com