अमेरिकाको लस एन्जलस डढेलो, मृत्यु हुनेको संख्या ११ पुग्यो


प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

The Palisades Fire burns a residence in the Pacific Palisades neighborhood of Los Angeles, Tuesday, Jan. 7, 2025. (AP Photo/Ethan Swope)

अमेरिकाको लस एन्जलसमा डढेलोपछि भएको आगलागीमा परेर ११ जनाको मृत्यु भएको छ । काउन्टी मेडिकल परीक्षकले अब ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन ।

दशौं हजार विस्थापित भएका छन । करिव ४ हजार घर जलेका विभिन्न रिर्पोटहरुले बताएका छन ।

मेडिकल परीक्षकले ५ जनाको मृत्यु पालिसेड्स आगलागीमा भएको र अन्य ६ जना ईटनमा भएको आगलागीका कारण भएको बताए ।

अल्टाडेना, मालीबु, प्यासिफिक पालिसेड्स, र टोपाङ्गामा मृत्युका घटना भएका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूले जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा पानीको अभाव भोग्नु परेको बताएका छन ।

यो खबर बाहिर आएपछि त्यहाँका गभर्नरले घटनाको स्वतन्त्र अनुसन्धानको माग गरेका छन् ।

गभर्नर ग्याभिन न्युसमले एक्स मा लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावर र एलए काउन्टी पब्लिक वर्क्सका प्रमुखलाई लेखेको पत्र सेयर गरेका छन् ।

आगलागी नियन्त्रण हाइड्रन्टहरूबाट आपूर्ति गुमाउँदा केही घरहरू र खाली गर्ने मार्गहरू जोगाउने प्रयासमा बाधा पुगेको उनले लेखेका छन्।

उनले स्थानीय हाइड्रन्टहरूमा पानीको चाप घट्नु र सान्ता यनेज जलाशयबाट पानी उपलब्ध नहुनुका कारणहरू अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

गभर्नरले यस्ता घटना दोहोरिन नदिन र विनाशकारी आगलागीसँग लड्न सबै स्रोतहरू उपलब्ध गराउन र त्यसको सुनिश्चित गर्न आवश्यक देखिएको बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com