रुसले भन्यो : ट्रम्पसँग वार्ता गर्न पुटिन तयार
प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार
Russian President Vladimir Putin speaks during a meeting with Science and Higher Education Minister Valery Falkov at the Kremlin in Moscow, Russia, Monday, July 1, 2024. (Vyacheslav Prokofyev, Sputnik, Kremlin Pool Photo via AP)
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि भ्लादिमिर पुटिन तयार रहेको रुसले बताएको छ ।
रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहेको बताएको हो । यो घोषणा आगामी अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो ।
जनवरी २० मा पदवहाली गर्ने ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्नसक्ने बताएका छन । तर कुनै ठोस योजना भने प्रस्तुत गरेका छैनन ।
रुसी राष्ट्रपतिले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्क गर्न खुला रहेको बताएका पुटिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरुसंग बताएका छन ।
ट्रम्पले बिहीबार पुटिनसँग बैठक तय भइरहेको बताएका थिए । क्रेमलिनले ट्रम्पको ‘वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तयारी’ गरेको लाई स्वागत गरेको पेसकोभले बताए ।
सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो पूर्ण सैन्य आक्रमण सुरु गरेदेखि अमेरिकाले युक्रेनलाई दशौँ अर्ब डलर सहयोग गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले त्यस्तो अमेरिकाले सहयोग नगरेको भए आफ्नो देशले युद्ध हार्ने थियो भनेका छन ।
युक्रेनको विदेश मन्त्रालयले पुटिनसँगको कुनै पनि आगामी भेटबारे ट्रम्पको टिप्पणीलाई अस्वीकार गरेको छ ।
युक्रेनले पदवहालीपछि ट्रम्प र जेलेन्स्कीसहित ‘तुरुन्तै’ किएभ र वासिङ्टनबीच उच्चस्तरीय छलफलको तयारी गरिरहेको बताएको छ ।






