जर्मनी र फ्रान्सले ट्रम्पलाई किन चेतावनी दिए ?


प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

TOPSHOT – Former US President and Republican presidential candidate Donald Trump attends his criminal trial at Manhattan Criminal Court in New York City, on May 30, 2024. Jurors return Thursday to a second day of deliberations in Donald Trump’s criminal trial, leaving the Republican presidential candidate and the country waiting for a decision that could upend November’s election. (Photo by Mark Peterson / POOL / AFP)

जर्मनी र फ्रान्सले अमेरिका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड कब्जा गर्न सैन्य बल प्रयोग गर्ने धम्की नदिन चेतावनी दिएका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले सीमाहरूको अखण्डताको सिद्धान्त सबै देशमा लागू हुने भन्दै त्यो सानो होस् वा शक्तिशाली जुनसुकै देशमा लागु हुने बताए ।

फ्रान्सका विदेशमन्त्री जाँ(नोएल बारोटले युरोपेली संघले आफ्नो सार्वभौम सीमामाथि अन्य देशहरूले आक्रमण गर्न दिने कुरा सोच्न समेत नसकिने बताए ।

मंगलबार ट्रम्पले ग्रिनल्यान्ड किन्न इच्छा पुनः व्यक्त गर्दै राष्ट्रिय र आर्थिक सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले पहिलो कार्यकालमा सन् २०१९ मा ग्रिनल्यान्ड किन्न चाहेको कुरा सार्वजनिक गरेका थिए ।

लामो समयदेखि अमेरिकी सहयोगी रहेको डेनमार्कले ग्रिनल्यान्ड बिक्रीका लागि उपलब्ध नरहेको भन्दै यो यसका त्यहाँका बासिन्दाहरूको हो भन्दै प्रष्ट पारेको छ ।

ग्रिनल्यान्डका प्रधानमन्त्री म्युटे एगेडे ले पनि क्षेत्र बिक्रीमा नरहेको बताए ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रिनल्यान्ड ग्रिनल्यान्डवासीहरूको हो, र यसको भविष्यको निर्णय उनीहरूले मात्र गर्न सक्छन् भनेका छन ।

जर्मन चान्सलर स्कोल्जले नेटो हाम्रो रक्षा र ट्रान्सएटलान्टिक सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण साधन हो ।

डेनमार्क, जर्मनी, र फ्रान्स सबै नाटोका सदस्य राष्ट्र हुन् भनेका छन । ग्रिनल्यान्ड शीतयुद्धदेखि नै वाशिङटनका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहँदै आएको छ ।
त्यहाँ अमेरिकी राडार बेस रहेको छ । ट्रम्पले भनेका छन चिनियाँ र रूसी जहाजहरूलाई ट्र्याक गर्न ग्रिनल्यान्ड अमेरिकाको लागि आवश्यक छ।

ट्रम्पले फ्लोरिडाको मार ए लागो सम्पत्तिमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक सुरक्षाका लागि ग्रिनल्यान्ड र पनामा क्यानल दुवै अमेरिकाको लागि चाहिन्छ भनेका थिए ।

उनका छोराले ग्रिनल्यान्ड भ्रमण गरी स्थानीय बासिन्दाहरूसँग भेटघाट गरेका थिए । त्यसको तस्बिर सार्वजनिक गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com