अमेरिकाको क्यालिफोर्नियामा विमान घरमा ठोक्कियो, २ जनाको मृत्यु , १८ घाइते


प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

अमेरिकाको दक्षिण क्यालिफोर्नियामा भएको विमान दुर्घटनामा २ जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन ।

एक व्यापारिक भवनमा सानो विमान ठोक्किएपछि २ जनाको मृत्यु भएको र अन्य १८ जना घाइते भएका हुन ।

फुलर्टन प्रहरी विभागले १० जनालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको बताएको छ ।

अन्य अन्य आठ जनालाई घटनास्थलमै उपचार गरी डिस्चार्ज गरिएको बिभागले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेडरल एभिएसन एड्मिनिस्ट्रेसन का अनुसार भ्यान्स आरभी १० मोडलको एक इञ्जिन भएको उक्त विमान दुर्घटनाग्रस्त भएको थियो ।

अधिकारीहरूले दुर्घटनाको कारणबारे थप जानकारी दिएका छैनन् ।

दुई जना मृतकहरू भवनभित्र कार्यरत थिए वा विमानभित्र सवार थिए भन्नेबारे प्रस्ट भइसकेको छैन । प्रहरीले सर्वसाधारणलाई दुर्घटनास्थलबाट टाढा रहन आग्रह गरेको छ ।

ठोक्किएको भवन फर्निचर निर्माण कारखाना हो । घटनास्थलका हवाई तस्वीरहरूले विमानका केही भाग भवनभित्र रहेको देखाएको छ ।

दुर्घटनापछि लागेको आगो दमकल टोलीले निभाएको छ । छेउको भवनमा रहेको सुरक्षा क्यामेराले रेकर्ड गरेको फुटेजमा विस्फोट भएको देखिन्छ ।

दुर्घटना फुलर्टन नगरपालिका विमानस्थलको नजिकै भएको हो । जुन डिज्नील्यान्डबाट १० किलोमिटर टाढा छ ।

विमानले उडान भरेपछि केही समयमै विमानस्थलतर्फ फर्कने प्रयास गरिरहेको बताइएको छ ।

यो पछिल्ला दुई महिनामा सो क्षेत्रमा भएको दोस्रो विमान दुर्घटना हो ।

नोभेम्बर २५ मा अर्को विमान नजिकैको रूखमा ठोक्किएको थियो । तर उक्त दुर्घटनामा ठूलो क्षति भने भएको थिएन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com