ट्रम्पका कट्टर आलोचक चेनीलाई राष्ट्रपति बाइडेनले सम्मान गर्ने


प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

President Joe Biden smiles as he meets with NATO Secretary General Jens Stoltenberg in the Oval Office at the White House, Monday, June 17, 2024. (AP Photo/Mark Schiefelbein)

अमेरिकी राष्ट्रपति जो बाइडनले पूर्व रिपब्लिकन सांसद तथा डोनाल्ड ट्रम्पका कट्टर आलोचक लिज चेनीलाई नागरिक सेवा पदक प्रदान गर्ने घोषणा गरेका छन ।

वायोमिङका पूर्व प्रतिनिधिसहित अन्य १९ जना प्रतिष्ठित व्यक्तित्वलाई आफ्नो देश वा आफ्ना नागरिकका लागि अनुकरणीय सेवाका लागि राष्ट्रपति नागरिक पदकप्रदान गरिनेछ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दङ्गामा ट्रम्पको भूमिकाको छानबिन गर्ने हाउस कमिटीको अध्यक्षता गरेका पूर्व अमेरिकी सिनेटर क्रिस डोड, पूर्व अमेरिकी प्रतिनिधि क्यारोलिन म्याकार्थी र वर्तमान सांसद बेन्नी थम्पसनलाई पनि अमेरिकी सरकारले प्रदान गर्ने दोस्रो सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको हो ।

पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी चेनीले समितिको उपाध्यक्षको रूपमा काम गरेकी थिइन । ५८ वर्षीया चेनी हालैका वर्षहरूमा रिपब्लिकन पार्टीमा ट्रम्प विरोधी आवाज बनेकी छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर सन् २०२२ मा ट्रम्प समर्थक उम्मेदवारसँग उनले संसद्का लागि आफ्नो सिट गुमाउनु परेको थियो ।

उनले गत नोभेम्बरमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिससँग चुनावी अभियानमा सहभागिता जनाएकी थिइन ।

जनवरी २० मा ह्वाइट हाउसमा राष्ट्रपतिको दोस्रो कार्यकालको सपथ लिने तयारीमा रहेका ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी चेनीसँग बदला लिने बताएका छन ।

गत डिसेम्बरमा रिपब्लिकन नेतृत्वको संसदीय समितिले चेनीमाथि ट्रम्प समर्थकले क्यापिटलमा गरेको आक्रमणको अनुसन्धानको नेतृत्व गर्न सहयोग गर्दा साक्षीसँग छेडछाड गरेको आरोप लगाएको थियो । उनले उक्त आरोपको खण्डन गरेकी छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com