अमेरिकामा आतिशबाजी विष्फोटमा ३ जनाको मृत्यु , २० जना गम्भीर घाइते


प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

अमेरिकाको होनोलुलु क्षेत्रमा भएको विष्फोटमा ३ जनाको मृत्यु भएको छ । २० जना गम्भीर घाइते भएका छन ।

नयाँ वर्षको पूर्वसन्ध्यामा भएको आतिशबाजी विष्फोटमा कम्तीमा तीनजनाको मृत्यु भएको र कम्तीमा २० जना गम्भीर घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यो कुनै युद्ध क्षेत्रजस्तो देखिन्थ्यो, होनोलुलुका दमकल प्रमुख शेल्डन के हाओले भनेका छन । मध्यरातभन्दा केही अगाडि एउटा घरको बाहिर यो विष्फोट भएको होनोलुलु फायर डिपार्टमेन्टले विज्ञप्तिमा जनाएको छ ।

यो क्षेत्र होनोलुलुको अन्तर्राष्ट्रिय विमानस्थल र अमेरिकी वायु सेना र नौसेनाको संयुक्त बेस नजिकै रहेको छ । यो स्थान पर्ल हार्बरमा अमेरिकी युद्धपोत यूएसएस एरिजोना मेमोरियलबाट दुई माइलभन्दा केही टाढा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनास्थलमै दुईजनाको मृत्यु भएको र अन्य एकजनाको अस्पतालमा मृत्यु भएको हो ।

होनोलुलुका मेयर रिक ब्लाङ्गियार्डीको वक्तव्यअनुसार मृतकको संख्या तीन पुगेको छ । २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।

यो घटना गैरकानुनी आतिशबाजीको कारण भएको बताइएको छ ।

हवाईका गभर्नर जोश ग्रीनका अनुसार १० वर्षमुनिका केही बालबालिका गम्भीर घाइते भएका छन् ।

उनले विस्फोटलाई एउटा बमको शक्ति बराबरको भएको बताए ।

दमकल विभागले विष्फोटको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ । उक्त घरमा कुनै आगलागी नभएको पुष्टि गरिएको छ ।

पीडितहरूको पहिचान तत्काल खुलाइएको छैन।

सामाजिक सञ्जालमा शहरको ठूलो क्षेत्रमा घरमै आतिशबाजी प्रज्वलन गरिएको भिडियो पोस्टहरू देखिएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com