अमेरिकाको क्यालिफोर्नियाका दम्पतीको मेक्सिकोमा हत्या


प्रकाशित मिति : पुस १४, २०८१ आईतबार

अमेरिकाको क्यालिफोर्नियाका दम्पती मेक्सिकोमा मारिएका छन । बिदा मनाउन र परिवारका सदस्यहरुलाई भेट्न मेक्सिको पुगेका जोडीलाई बन्दुकधारीले गोली प्रहार गरी हत्या गरेका हुन ।

उनीहरु चढेको गाडीमा बन्दुकधारीले गोली हानेका थिए । महिलाको घटनास्थल मै र पुरुषको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । राफेल र ग्लोरिया कार्डोना अङ्गामाकुटिरो, मिचोआकान राज्यमा परिवारलाई भेट्न गएका थिए ।

मृतक दम्पतीका ३ जना छोराछोरी छन । ति मध्ये २ जना नाबालिग छन । गाडीमा गोली चल्दा छोराछोरीहरु भने गाडीमा थिएनन ।

स्थानीय प्रहरीलाई राफेल कार्डोनाका दाइ, सेसरले दिएको जानकारी अनुसार उनीहरू हर्मेसको भ्यान चलाउँदै गर्दा हत्या भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आक्रमण किन गरिएको हो भनेर यकिन गर्न नसकिएको मेक्किन अधिकारीहरुले बताएका छन । यो जोडी ३० नोभेम्बरमा प्यासिफिक तटको राज्यमा पुगेको स्थानीय अधिकारीहरुले बताएका छन ।

अमेरिकी राज्य विभागका एक प्रवक्ताले दुवै अमेरिकी नागरिकको मृत्यु पुष्टि गर्दै उनीहरूको परिवारलाई शोक व्यक्त गरेका छन्।

मिचोआकान राज्य लामो समयदेखि ग्याङ्ग हिंसाले प्रभावित छ । १९८० को दशकमा कार्टेलहरूले यस राज्यमा प्रवेश गरेका थिए। अहिले यहाँको हत्याको दर देशको औसत भन्दा दोब्बर भन्दा बढी छ।

राष्ट्रिय रूपमा, मेक्सिकोको हत्याको दर विश्वभरका उच्चतम मध्ये एक हो।

मेक्सिकोको सबैभन्दा धेरै एवोकाडो उत्पादन गर्नेमा उक्त राज्य पर्दछ । मेक्सिकोका तीन चौथाइ एवोकाडो मिचोआकानबाट आउँछन्।

जेटास र फैमिलिया ग्याङ्गहरू मिचोआकाना यस राज्यमा गठन भएका थिए । जुन ड्रग उत्पादन र तस्करीको केन्द्र बनिसकेको छ ।

स्थानीय किसानहरूलाई मारीजुआना र अन्य मादक पदार्थहरूको खेती गर्न लक्षित गर्ने ड्रग तस्करहरूको घर बनेको छ । मेक्सिकोमा १ लाख भन्दा बढी व्यक्तिहरू बेपत्ता छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com