पाकिस्तानको आक्रमणपछि अफगानिस्तानले भन्यो : क्रूर कदमको जवाफ दिइने छ


प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको मृत्यु भएको छ । मृतक अधिकांश महिला र बालबालिका रहेका छन ।

बर्मल जिल्ला दक्षिणी वजिरिस्तानको वाना र रजमक क्षेत्रहरूसँग सीमाना जोडिएको छ । आक्रमणमा वजिरिस्तानबाट आएका शरणार्थीहरूलाई लक्षित गरिएको थियो ।

तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पक्तिका प्रान्तका चार स्थानलाई लक्षित गरी बमबारी गरिएको बताएका छन । हमलामा ६ जना घाइते भएका र धेरै घरहरू ध्वस्त भएका बताइएको छ ।

तालिबान सरकारको रक्षा मन्त्रालयले आक्रमणको निन्दा गर्दै यसलाई क्रूर र अमानवीय भनेको छ । यो आक्रमण अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन भएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तालिबानले पाकिस्तानबाट भएको यो क्रूर कदमको जवाफ दिइने बताएको छ । आफ्नो भूमि र क्षेत्रको रक्षा गर्नु हाम्रो अधिकार हो तालिबानले भनेको छ ।

पाकिस्तान सरकारले आधिकारिक रूपमा यो आक्रमणबारे कुनै टिप्पणी गरेको छैन । तर स्थानीय मिडियाहरुले पाकिस्तानी सेनाले बर्मल जिल्लामा आतंककारीहरूलाई लक्षित गरेर आक्रमण गरेको बताएका छन ।

अधिकारीहरूले तालिबानसँग सम्बन्धित केही मुख्य कमाण्डरहरूको हत्या गरेको पनि दाबी गरेका छन् ।

अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईले सामाजिक सञ्जालमा पाकिस्तानी सेनाको आक्रमणको निन्दा गर्दै यसलाई अफगानिस्तानको राष्ट्रिय सम्प्रभुतामाथि प्रहार भनेका छन् ।

अमेरिका र पाकिस्तानका लागि तालिबानका पूर्व विशेष प्रतिनिधिहरूले आक्रमणप्रति आफ्नो आपत्ति जनाएका छन् । अफगान नागरिकहरूले पनि सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आक्रमणको विरोध गरिरहेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com