टाइप २ मधुमेहको संकेत १० वर्ष अगाडि पत्ता लगाउन अध्ययन चल्दै , चिकित्सक भन्छन : परिणाम सकारात्मक छ


प्रकाशित मिति : पुस १०, २०८१ बुधबार

बिरामीहरूमा टाइप २ मधुमेहको संकेत १० वर्ष अगाडि पत्ता लगाउन सकिन्छ कि भनेर अध्ययन भइरहेको बैज्ञानिकहरुले बताएका छन ।

बेलायतको लण्डनका दुई एनएचएस अस्पताल ट्रस्टहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर यो अध्ययन गरिरहेको बताएका छन ।

इम्पेरियल कलेज र चेल्सी एन्ड वेस्टमिन्स्टर अस्पताल एनएचएस फाउन्डेसन ट्रस्टहरूले एयर डीएम (Aire-DM) नामक एआई प्रणालीको प्रशिक्षण सुरु गरेका छन् ।

यो प्रणालीले बिरामीहरूको ईसीजी (इलेक्ट्रोकार्डियोग्राम) डेटा जाँच गर्दै त्यस्ता सूक्ष्म प्रारम्भिक चेतावनी संकेत पत्ता लगाउने प्रयास गरिरहेको छ । जुन चिकित्सकहरूले सामान्यतया देख्न गाह्रो हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रणालीले कत्तिको प्रभावकारी रूपमा काम गर्छ भनेर पुष्टि गर्न २०२५ मा क्लिनिकल परीक्षण गर्ने योजना बनाइएको बिबिसीले उल्लेख गरेको छ ।

प्रारम्भिक अनुसन्धानका अनुसार, यो प्रणालीले झन्डै ७० प्रतिशत जोखिमको सही पहिचान गर्न सक्छ ।

साथै, बिरामीको उमेर, लिङ्ग, उच्च रक्तचाप छ वा छैन र तौल बढी छ कि छैन जस्ता अन्य पृष्ठभूमि जोखिम कारकहरूको विवरण थप्दा यसको भविष्यवाणी क्षमता अझ सुधार हुने प्रमुख अनुसन्धानकर्ता डा फु सियोङ एनजीले बताएका छन् ।

ईसीजी डेटा मात्र पनि राम्रो छ, तर यी अतिरिक्त विवरणहरू थप्दा परिणाम अझ उत्कृष्ट हुनेछ उनले भनेका छन । ईसीजीले मुटुको गतिविधिसँग सम्बन्धित समस्याहरू गति र तालमा भएको गडबडीहरू पत्ता लगाउन सक्छ ।

डा एनजीका अनुसार एआई प्रणालीले पत्ता लगाउने ईसीजी परिवर्तनहरू यति धेरै भिन्न र सूक्ष्म हुन्छन् कि उत्कृष्ट सीप भएका चिकित्सकहरूले पनि तिनीहरूलाई खुला आँखाले व्याख्या गर्न सक्दैनन् ।

परीक्षणका क्रममा दुवै अस्पतालका १ हजार बिरामीहरूको ईसीजी स्क्यान एआई प्रणालीले अध्ययन गर्नेछ । जसले रोग पहिचान र पूर्वानुमानमा मद्दत पुग्छ कि पुग्दैन भनेर जाँच गरिनेछ ।

परियोजनाको लागि वित्तिय सहायता प्रदान गरेको ब्रिटिश हार्ट फाउन्डेसनले मधुमेहको जोखिम भएका व्यक्तिहरू पत्ता लगाउन सक्नुले अन्ततः धेरैको जीवन बचाउन सक्छ ।

अनियन्त्रित टाइप २ मधुमेहले हृदयघात र स्ट्रोकजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ । स्वस्थ तौल कायम राख्ने, स्वस्थ आहार खाने, र नियमित व्यायाम गर्ने जस्ता उपायहरूले यस्ता जटिलताबाट जोगिन मद्दत गर्दछ ।

ब्रिटिश हार्ट फाउन्डेसनका प्रमुख वैज्ञानिक प्रोफेसर ब्रायन विलियम्सले एआईले नियमित रूपमा संकलित स्वास्थ्य डेटा विश्लेषण गरेर साधारणतया देख्न नसकिने कुरा कसरी पत्ता लगाउन सक्छ भन्ने देखाउने बताए ।

यो प्रकारको जानकारीले टाइप २ मधुमेहको भविष्यको जोखिम भविष्यवाणी गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । डायबिटिज यूकेकी डा फे रिलेका अनुसार टाइप २ मधुमेह प्रायः लामो समयसम्म निदान हुँदैन ।

इङ्ल्यान्डमा मात्र १२ लाख मानिस यो रोगबाट पीडित छन । थप लाखौँ मानिस उच्च जोखिममा छन् ।

सुरुमा नै जोखिम भएका मानिसहरू पहिचान गर्न सकिएमा उचित सहयोग पुर्याएर गम्भीर समस्या मुटु फेल हुने र आँखा गुम्ने अवस्थाबाट बच्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com