अमेरिकी वरिष्ठ अधिकारीको दावी : पाकिस्तानले अमेरिकासम्म प्रहार गर्ने मिसाइल बनाइरहेको छ


प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

अमेरिकासम्म निशाना लगाउन सक्ने गरि पाकिस्तानले मिसाइल प्रविधिको विकास गरिरहेको एकजना अमेरिकी अधिकारीले बताएका छन ।

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले पहिलो पटक औपचारिक रूपमा यो दाबी गरेका हुन ।

अमेरिकी थिंक ट्यांक कार्नेगी एन्डाउमेन्टद्वारा आयोजित एक समारोहमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा उप सल्लाहकार जॉन फाइनरले पाकिस्तानले लामो दूरीका मिसाइल प्रणाली बनाइसकेको बताए ।

यदि यो प्रक्रिया पाकिस्तानले जारी राख्यो भने दक्षिण एसियाबाहिर पनि आफ्नो लक्ष्यलाई निशाना बनाउने क्षमता प्राप्त गर्नेछ। यसमा अमेरिका पनि सामेल छ। यस अवस्थाले पाकिस्तानका संस्थाहरूमा गम्भीर प्रश्न खडा गरेको उनले बताएका हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई दिनअघि बाइडेन प्रशासनले पाकिस्तानको परमाणु हतियारसहित लामो दूरीसम्म प्रहार गर्ने ब्यालिस्टिक मिसाइल कार्यक्रमसँग जोडिएका चार संस्थामाथि प्रतिबन्ध लगाएको २ दिनपछि यो धारणा बाहिर आएको हो ।

प्रतिवन्ध लगाएका संस्थामा यो मिसाइल कार्यक्रमको निगरानी गर्ने सरकारी निकाय नेशनल डेभलपमेन्ट कम्प्लेक्स (एनडीसी) पनि समावेश छ।

अमेरिकाका राष्ट्रिय सुरक्षा उप सल्लाहकार जॉन फाइनरले भनेका छन कि अमेरिकालाई निशाना बनाउन सक्ने क्षमता राख्ने परमाणु हतियार सम्पन्न देशको संख्या निक्कै कम रहेको छ । जसमा पाकिस्तान पनि पर्दछ ।

अमेरिका विरोधी यस्ता देशमा रूस, उत्तर कोरिया, र चीन पनि छन । पाकिस्तान लामो समयदेखि अमेरिकाको साझेदार रहँदै आएको छ । पाकिस्तान यस्तो क्षमता किन विकास गरिरहेको छ भनेर अमेरिकासहितका देशहरुले चासो देखाएका छन ।

इस्लामाबादमा बस्ने रक्षा मामिलाका विज्ञ सैयद मोहम्मद अलीका अनुसार पाकिस्तानमाथि लगाइएको अमेरिकी प्रशासनको हालको आरोप प्राविधिक सत्यताबाट टाढा छ ।

उनी भन्छन्, यसको पहिलो कारण प्राविधिक, दोस्रो रणनीतिक, र तेस्रो कारण आर्थिक वा राजनीतिक हो।

सैयद मोहम्मद अलीको दाबी छ कि पाकिस्तानले ब्यालिस्टिक मिसाइलहरूमा गरेको परिवर्तनको उद्देश्य भारत बाहेक कुनै टाढाको देशलाई लक्षित गर्नु होइन।

यसको मुख्य उद्देश्य भारतको तीव्र रूपमा बढ्दै गरेको मिसाइल रक्षा प्रणालीको सामना गर्नु वा त्यसलाई असफल बनाउनु हो।

सैयद मोहम्मद अलीका अनुसार, एमआईआरभी भनेको यस्तो मिसाइल हो, जसले एकै समयमा धेरै वॉरहेडहरू बोक्न सक्छ, र ती स्वतन्त्र रूपमा प्रोग्राम गरिएका हुन्छन्। यी वॉरहेडहरूको संख्या तीनदेखि आठ वा अझ धेरै हुन सक्छ।

उनी थप्छन् कि पाकिस्तानको उद्देश्य केवल भारतलाई लक्षित गर्नु हो । अन्य कुनै देशलाई होइन। भारतको एस(४००) प्रणालीजस्ता नयाँ प्रणालीहरूलाई असफल बनाउन पाकिस्तान आफ्नो मिसाइल प्रणालीलाई परिष्कृत गर्दैछ।

अली भन्छन् कि पाकिस्तानको अर्थतन्त्र र अमेरिका सँगको व्यापारिक सम्बन्धलाई हेर्दा, अमेरिका लक्षित मिसाइल बनाउने कुरा असम्भव छ।

पाकिस्तानको निर्यातको सबैभन्दा ठूलो बजार अमेरिका हो, जहाँबाट ठूलो संख्यामा बसोबास गर्ने पाकिस्तानीहरू आफ्नो देशमा रकम पठाउँछन्।

साथै, पाकिस्तान आफ्नो आर्थिक समस्या समाधान गर्न आईएमएफजस्ता संस्थाहरूमा निर्भर छ, जसमा अमेरिकाको भूमिका महत्त्वपूर्ण छ। उनी भन्छन पाकिस्तानको निशाना भारत हो अमेरिका होइन ।

तर यो दावीलाई अमेरिकी सुरक्षा अधिकारीहरुले स्वीकार गरिसकेको अबस्था भने छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com