अमेरिकाबाट तेल र ग्यास खरिदको मात्र नबढाए इयुविरुद्ध कर लगाउने ट्रम्पको चेतावनी


प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

President-elect Donald Trump speaks during a meeting with the House GOP conference, Wednesday, Nov. 13, 2024, in Washington. (AP Photo/Alex Brandon)

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाबाट तेल र ग्यास खरिदको मात्रा नबढाए युरोपेली संघ इयु लाई कर लगाउने चेतावनी दिएका छन ।

ट्रम्पले इयु लाई तेल र ग्यास खरिदमार्फत अमेरिकासंगको ठुलो व्यापार घाटा नघटाए भन्सार महसुल लगाउने धम्की दिएका हुन ।

तेल र ग्यासको ठूलो मात्रामा खरिद गरेर अमेरिकासँगको आफ्नो विशाल घाटालाई पूरा गर्नुपर्दछ भनेको छु”, अन्यथा पूरै भन्सार महसुल लगाइने छ आफनो ट्रुथ सोसल प्लेटफर्ममा पोस्टमा लेखेका छन ।

अमेरिकी तथ्याङ्कअनुसार सन् २०२२ मा इयुबाट ५ खर्ब ५३ अर्ब ३० करोड डलरको सामान आयात भएको थियो । युरोपेली सङ्घमा यसको निर्यातको मात्रा ३ खर्ब ५० अर्ब ८० करोड डलर थियो । यसले त्यस वर्ष इयुसँग अमेरिकाको वस्तु व्यापार घाटा २ खर्ब दुई अर्ब ५० करोड डलर पु¥याएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इयु प्रमुख उर्सुला भोन डेर लेयनले नोभेम्बरमा ट्रम्पलाई रुसी ऊर्जाको विकल्पका रूपमा अमेरिकाले थप तरलीकृत प्राकृतिक ग्यास आपूर्ति गर्नसक्ने सुझाव दिएका थिए । ।

इयुका प्रवक्ताले अमेरिकाले पनि ‘इयुसँग पर्याप्त सेवा व्यापार बचत’ गरेको उल्लेख गर्दै २७ राष्ट्रको समूह वार्ताका लागि खुला रहेको बताएका छन ।

ऊर्जा क्षेत्रमा साझा चासोका बारेमा छलफल गरी बलियो सम्बन्धलाई कसरी अझ सुदृढ पार्न सकिन्छ भनेर राष्ट्रपतिमा निर्वाचित ट्रम्पसँग छलफल गर्न हामी तयार छौँ”, इयुका प्रवक्ता ओलोफ गिलले पत्रकार सम्मेलनमा भनेका छन ।

जनवरीमा पदभार ग्रहण गर्नुहुने ट्रम्पले क्यानाडा, मेक्सिको र चीनलगायत अमेरिकी व्यापारिक साझेदारहरूमाथि भन्सार महसुल लगाउने धम्की दिएका छन । यसले विश्वव्यापी अर्थतन्त्रमा तरङ्ग ल्याउन सक्छ ।

क्यानाडा र मेक्सिकोलाई संयुक्त राज्य अमेरिकामा अवैध लागुपदार्थ र कागजातविहीन आप्रवासीहरूको बाढी ल्याउन दिएको आरोप लगाउँदै उनले २५ प्रतिशत आयात शुल्क लगाउने धम्की दिएका छन ।

उनले वासिङ्टनको एशिया–प्रशान्त प्रतिद्वन्द्वी चीन विरुद्ध कम्तीमा १० प्रतिशत लगाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com