सैनिक भर्तीको उमेर घटाउन युक्रेनलाई अमेरिकाको सुझाव


प्रकाशित मिति : पुस १, २०८१ सोमबार

US-UKRAINE-DIPLOMACY-POLITICS-UNREST-ZELENSKY

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफनो सेनाको प्रशंसा गरेका छन । पुटिनले युक्रेनमा रुसी सैन्य आक्रमणको लागि सन् २०२४ वर्षलाई ‘ऐतिहासिक’ बताएका हुन ।

वर्षको अन्त्यमा भएको बैठकमा शीर्ष सैन्य जनरलहरूलाई सम्बोधन गर्दै पुटिनले आफ्नो सेनाको सम्पूर्ण मोर्चामा माथिल्लो अबस्था रहेको भन्दै खुशी व्यक्त गरे ।

पश्चिमी ‘हाइब्रिड युद्ध’ र रुसलाई ‘रणनीतिक पराजय’ गराउने प्रयासको पनि उनले आलोचना गरे ।

आक्रमणको पहिलो हप्तापछि सबैभन्दा तीव्र गतिमा पूर्वी युक्रेनमा रुसी सेना अघि बढ्दै जाँदा यी टिप्पणी आएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुस र युक्रेन दुवैले जनवरीमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि युद्धभूमिमा आफ्नो स्थिति सुधार गर्न खोजिरहेका छन् ।

रिपब्लिकन ट्रम्पले केही घन्टामै युद्धविराम गर्नसक्ने पटक–पटक बताउँदै आएका छन । यद्यपि उनले कुनै योजना प्रस्तुत गर्न भने सकिरहेका छैनन ।

रुसको सेनाले यस वर्ष १८९ युक्रेनी बस्ती कब्जा गरेको पुटिनले बताएका छन ।

बैठकमा पुटिनपछि बोल्दै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले रुसी सेनाले यस वर्ष युक्रेनको करिब ४ हजार ५ सय वर्गकिलोमिटर भूभाग कब्जा गरेको उल्लेख गरे ।

उनले अहिले पनि दैनिक करिब ३० वर्गकिलोमिटर क्षेत्र ओगट्दै रुसले कव्जा गरिरहेको बताए ।

ट्रम्पले अमेरिकी सहायता कटौती गर्न सक्ने डरले रूसको प्रगति रोक्न सक्ने युक्रेनको क्षमतालाई विनाशकारी धक्का दिन सक्छ ।

युक्रेनले पनि मोर्चाहरूमा जनशक्तिको अभावको सामना गरिरहेको छ ।

अमेरिकाले युक्रेनलाई अधिक सैनिक भर्ती गर्न र भर्ती उमेर २५ बाट १८ सम्म घटाउन दवाव दिएका समाचारहरु बाहिर आइरहेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com