इरान समर्थित समूहमाथि कडा कारवाही सुरु गर्न इराकलाई अमेरिकाको दबाब


प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इरान समर्थित मिलिसियामाथि कडा कारबाही गर्न इराकलाई दबाब दिनुभएको छ ।

सिरियाली नेता बसर अल असदको पतनपछि तेहरान कमजोर अवस्थामा पुगेको मुल्याङ्कन गर्दै अमेरिकी विदेशमन्त्री ब्लिन्केनले इरान समर्थित मिलिसियामाथि कडा कारबाही सुरू गर्न प्रोत्साहन गरेको उहाँले बताउनु भयो ।

ब्लिन्केनले इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग बग्दादमा भेटवार्ता गर्नुभएको थियो । अमेरिकी अधिकारीका अनुसार ब्लिन्केनले सुडानीलाई इरान केही समययता कमजोर अवस्थामा रहेको र इराकसँग तेहरानको प्रभाव कम गर्ने अवसर रहेको बताउनुभएको थियो ।

ब्लिन्केनले सुडानीलाई वर्षौंदेखि इराकमा अमेरिकी सेनामाथि आक्रमण गर्दै आएको इरान समर्थित शिया सशस्त्र समूहमाथि कडा कारबाही गर्न आग्रह गर्नुभएको थियो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

ब्लिन्केनले सुडानीलाई इराकी भूमिबाट सिरियामा रहेका कुनै पनि सम्बद्ध समूहलाई इरानी हतियार हस्तान्तरण हुन नदिन सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

सिरियामा लामो समयदेखि असदको सरकारले इरान र लेबनानमा उसको शक्तिशाली सहयोगी हिजबुल्लाहको सहयोगमा शक्ति आर्जन गरेको थियो ।

तेहरान समर्थित समूहले इजरायलसँगको हालैको युद्धमा ठूलो क्षति व्यहोरेको छ । यसले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूमा पनि आक्रमण गरेको छ।

सिरियाको अर्को प्रमुख समर्थक रूसले भने युक्रेनमा जारी युद्धका कारण असदको प्रशासनलाई सहयोग गर्न असफल भएको देखिन्छ ।

अमेरिकी अधिकारीले ब्लिन्केनको अनुरोधमा सुडानीले कस्तो प्रतिक्रिया देखाए भन्नेबारे जानकारी भने दिन अस्वीकार गरेका थिए ।

इराकी सरकारको इरानसँग घनिष्ठ सम्बन्ध छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासन बग्दादसँग इराकमा अमेरिकी सेनाको बाँकी उपस्थिति घटाउन सहमत भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी प्रशासनले इरानविरुद्ध अमेरिकी कदमलाई कडा बनाउने अपेक्षा गरिएको छ ।

यद्यपि, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सम्झौता गर्ने इच्छा व्यक्त गर्नुभएको छ । बाइडेन प्रशासनले गत महिना इराकलाई प्रतिबन्धका बावजुद इरानबाट बिजुली खरिद गर्न अनुमति दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com