मेटाले भन्यो : सन २०२४ चुनावी वर्ष बन्यो , तर एआईले प्रभाव पारेन


प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार

एआईले सन् २०२४ मा चुनावलाई प्रभावित गरेको कुनै सङ्केत नभेटिएको मेटाले बताएको छ ।

कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स– एआई) ले विश्वभरका मतदाताहरूलाई भ्रमित गर्न सञ्चार माध्यममा झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित नभएको बताएको हो ।

मेटा ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले पत्रकारहरूलाई कम्पनीको प्लेटफर्ममा भ्रामक प्रभाव अभियानविरुद्ध सुरक्षा मजबुत रहेको र त्यस्ता समन्वित प्रयासहरूले अनलाइनमा ध्यान आकर्षित नगरेको बताउनुभयो ।

मेटाका अनुसार यसले हालै अवरुद्ध गरेका अधिकांश प्रभाव अभियानहरू रुस, इरान र चीनका कर्ताहरूद्वारा सञ्चालित थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेनेरेटिभ एआई उपकरणहरू झन् परिष्कृत र व्यापक हुने अपेक्षा गरिएकाले मेटाको आफ्नो सतर्कता कम गर्ने कुनै मनसाय नभएको बताइएको छ ।

क्लेगले सन् २०२४ लाई अहिलेसम्मको सबैभन्दा ठूलो चुनावी वर्ष भन्नुभयो । यो वर्ष विश्वभरका धेरै देशमा करिब दुई अर्ब मानिसले मतदान गरेको अनुमान गरिएको छ ।

मेटाका मुख्य कार्यकारी मार्क जुकरबर्ग र राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले गएको साता ट्रम्पको फ्लोरिडा रिसोर्टमा मेटाको सामग्री नियन्त्रण नीतिबारे छलफल गरेको अनुमान गरिएको छ ।

प्लेटफर्मले राजनीतिक रूपमा रूढीवादी दृष्टिकोणलाई सेन्सर गरेको आरोप लगाउँदै ट्रम्पले मेटाको आलोचना गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com