ट्रम्पको धम्कीपछि क्यानडाले सीमा सुरक्षालाई बलियो बनाउदै


प्रकाशित मिति : मंसिर १३, २०८१ बिहीबार

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि सीमा सुरक्षा बलियो बनाउन थप लगानी गर्ने घोषणा गर्नुभएको छ ।

ट्रम्पले मेक्सिको र क्यानडाबाट हुने अवैध आप्रवासन र लागूऔषध तस्करीलाई रोक्नका लागि क्यानडाका सबै उत्पादनहरूमा २५ प्रतिशत भन्सार कर लगाउने चेतावनी दिनुभएको थियो ।

उहाँले जबसम्म फेन्टानिललगायत लागूऔषध र अवैध आप्रवासीहरूको ‘आक्रमण’ रोकिँदैन तबसम्म यो कर कायम रहने बताउनु भएको हो ।

ट्रम्पको चेतावनीपछि ट्रुडोले क्यानडाका प्रान्तीय नेताहरूको बैठक गर्नुभएको छ । बैठकपछि क्यानडाका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्लाङ्कले भन्नुभएको छ क्यानडालीलाई आश्वस्त पार्नका लागि आवश्यक सबै उपायहरू लागू गरिने सुनिश्चित गर्न थप लगानी गर्नेछौं । यद्यपि, उहाँले कति रकम थप छुट्याइने हो भन्ने खुलाउनु भएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीमामा मुख्य चुनौतीहरू

क्यानडा–अमेरिका सीमा विश्वकै लामो हो । यो करिब ९ हजार किलोमिटरमा फैलिएको छ । यो सीमा कम रूपमा सुरक्षित मानिन्छ । केही ठूला सडक क्रसिङ बिन्दुहरूमा मात्र जाँचपोस्टहरू राखिएका छन्।

सीमाका धेरै भाग मोबाइल गस्ती टोलीहरूले मात्र अनुगमन गर्छन् । जसका कारण आप्रवासी, लागूऔषध र हतियार तस्करी हुने खतरा छ ।

ट्रम्पको नयाँ सीमा सुरक्षा प्रमुख टम होमनले क्यानडा आतंकवादीहरूको अमेरिका प्रवेश गर्ने गेटवे बन्न सक्दैन भन्नुभएको थियो ।

आप्रवासनमा वृद्धि

अमेरिकी भन्सार तथा सीमा सुरक्षा तथ्यांकअनुसार, २०२१ मा क्यानडाबाट अमेरिका प्रवेश गर्न प्रयास गर्ने आप्रवासीहरूको संख्या २०२४ मा १ लाख ९८ हजार ९२९ पुगेको छ । सन २०२१ मा यो संख्या २७ हजार १८० थियो । यो संख्या करिब ६०० प्रतिशतको वृद्धि हो।

क्यानडाका प्रान्तीय नेताहरूले सीमाको सुरक्षा प्राथमिकतामा नराखेको भन्दै सरकारको आलोचना गरेका छन् ।

ओन्टारियोका प्रिमियर डग फोर्डले ट्रम्पको भन्सार करका कारण आर्थिक अराजकताबाट बच्न संघीय सरकारले अब सीमा सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो ।

सीमामा थप जनशक्तिको आवश्यकता

क्यानडाको सीमा सुरक्षा एजेन्सीका ८ हजार ५०० कर्मचारीले दैनिक करिब ४ लाख मानिस र ३ दशमलव ६ अर्ब क्यानेडियन डलर बराबरको सामानको निगरानी गर्छन् ।

तर, युनियनका अनुसार, २ हजार देखि ३ हजार थप कर्मचारी आवश्यक छ । सीमामा जनशक्तिको अभावबारे वर्षौंदेखि आवाज उठिरहेको छ तर सरकारले सुनिरहेको छैन ।

लागूऔषधका तथ्यांकहरू

ट्रम्पले क्यानडाबाट लागूऔषध अमेरिका प्रवेश गर्ने आरोप लगाए पनि तथ्यांकले भने त्यस्तो देखाउदैन ।

अमेरिकी तथ्यांकअनुसार, २०२२ देखि २०२४ सम्म अमेरिकी–मेक्सिको सीमामा मासिक औसत ८२१ किलो फेन्टानिल जफत भएको छ । तर क्यानडा–अमेरिका सीमामा यो संख्या मासिक ८०० ग्राम मात्र छ ।

क्यानडाको चासो

क्यानडा पनि सीमा सुरक्षा बारे चिन्तित छ । ट्रम्पले आगामी वर्ष राष्ट्रपति पद सम्हालेपछि अनाधिकृत आप्रवासीहरूलाई देशनिकाला गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आप्रवासीहरू अमेरिकी अध्यागमन अधिकारीहरूबाट बच्न क्यानडाको उत्तरतर्फ आउने प्रयास गर्नसक्ने सरकारी अधिकारीले आशंका गरेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com