रुस युक्रेन युद्धको अन्त्य गर्ने घोषणा गरेका ट्रम्पले केलोगलाई विशेष दूत नियुक्त गर्ने


प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार

Republican presidential nominee former President Donald Trump arrives to speak during a campaign event at the World Market Center, Friday, Sept.13, 2024, in Las Vegas. (AP Photo/John Locher)

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कीथ केलोगलाई रूस युक्रेन मामिलामा विशेष दूत नियुक्त गर्ने घोषणा गर्नुभएको छ ।

ट्रम्पले पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल केलोगलाई रूस युक्रेन युद्धसम्बन्धी मामिलामा विशेष दूतको रूपमा नियुक्त गर्ने घोषणा गर्नुभएको हो ।

युक्रेनमा जारी युद्ध अन्त्य गर्न हुने वार्ताहरूमा केलोगले मुख्य भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपतिको कार्यभार सम्हाल्ने पहिलो दिनमै ट्रम्पले यो युद्ध अन्त्य गराउने प्रतिबद्धता जनाउनु भएको छ । यद्यपि, उहाँले यसबारे थप विवरण दिनुभएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रूस र युक्रेनसँग कडा वार्ता गरेर युद्ध अन्त्य गराउने नीतिका समर्थक रहेका केलोगले यसअघि अमेरिका फर्स्ट पॉलिसी इन्स्टिट्युट नामक ट्रम्प समर्थक थिंक ट्यांकद्वारा प्रकाशित अनुसन्धान पत्रमा सहलेखन गर्नुभएको थियो ।

उक्त पत्रमा उहाँले युद्ध अन्त्य गर्नका लागि केही सुझाव समेत दिनुभएको छ । यो महिनाको सुरूमा एक अन्तर्वार्ताको क्रममा केलोगले ट्रम्पको दोस्रो कार्यकालमा युद्ध अन्त्य गर्नु नै सबैभन्दा ठूलो चुनौती हुनेछ भन्नुभएको थियो ।

युक्रेनमाथि रूससँग शान्ति वार्तामा सहभागी हुन दबाब दिनुपर्छ । त्यसका आधारमा अमेरिकाले युक्रेनलाई सहयोग जारी राख्नुपर्छ ।

तर, रुस शान्ति वार्तामा सामेल हुन अस्वीकार गर्छ भने अमेरिकाले युक्रेनलाई थप सहायता दिनुपर्ने बताउनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com