अमेरिकी मिसाइल प्रहार गर्दै युक्रेनले रुसको एयर डिफेन्स सिस्टम ध्वस्त बनायो


प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार

यूक्रेनले रुसको एयर डिफेन्स सिस्टमलाई ध्वस्त बनाइ दिएको छ । मिसाइल हमलामा आफ्नो क्षति पुगेको रुसले समेत स्वीकार गरेको छ । यो रुसबाट भएको पहिलो स्वीकार हो ।

अमेरिकाको मिसाइललाई युक्रेनले रुस बिरुद्ध प्रयोग गरेको थियो । यसले कुर्स्क क्षेत्रमा रहेको एक सैन्य केन्द्रलाई पनि क्षति पुराएको छ ।

रुसको यो शक्तिशाली एस-400 एयर डिफेन्स सिस्टम हो । जसलाई अमेरिकाको पैट्रियट डिफेन्स सिस्टम जस्तै मानिन्छ । युक्रेनले निशाना त्यही रहेको थियो ।
केहिदिनअघि अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो ।

युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यहरुलाई निशाना बनाएको दाबी गरेको थियो । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिकार गर्ने चेतावनी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनको एयर फोर्सले रुसले १८८ ड्रोनमार्फत हमला गरेको जनाएको छ । हमलाका कारण केही आधारभूत संरचनामा क्षति पुगेको छ ।

रुसी रक्षा मन्त्रालयले खालिनो एयर बेसमा भएका आक्रमणका मिसाइलका टुक्राहरू देखिने केही तस्बिरहरू सार्वजनिक गरेको छ ।

युक्रेन र रुसबीचको तनाव अझै चुलिएको छ । अमेरिकाले युक्रेनलाई रुसभित्र लामो दूरीसम्म मार हान्नसक्ने मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो । युद्ध सुरु भएको १हजार दिनपछि जारी युद्धमा पहिलो पटक शक्तिशाली हतियार प्रयोग हुन थालेका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com