भट्टाचार्यलाई प्रमुख प्रशासनिक पदमा नियुक्त गर्ने ट्रम्पको घोषणा


प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जय भट्टाचार्यलाई प्रमुख प्रशासनिक पदमा नियुक्त गर्ने घोषणा गरे गर्नुभएको छ ।

भट्टाचार्यलाई अमेरिकी प्रमुख सार्वजनिक स्वास्थ्य संस्था नेशनल इन्स्टिच्युट अफ हेल्थ NIH को नयाँ निर्देशकका रूपमा चयन गरिएको छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयबाट अध्ययन पुरा गरेका चिकित्सक र अर्थशास्त्री भट्टाचार्यले कोभिड १९ महामारीको समयमा लगाइएको व्यापक लकडाउनको खुलेर विरोध गर्नुभएको थियो ।

ट्रम्पले उहाँलाई NIH को जिम्मेवारीका लागि उपयुक्त व्यक्ति भएको बताउनु भएको छ । यो विश्वकै सबैभन्दा ठूलो सरकारी कोषद्वारा सञ्चालित बायोमेडिकल अनुसन्धान संस्था हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जय भट्टाचार्य लकडाउनको विरोध गरेपछि कोभिड १९ महामारीको समयमा निकै चर्चामा आउनु भएको थियो । डोनाल्ड ट्रम्पले आउँदो वर्षको जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

ट्रम्पले अमेरिकी स्वास्थ्य मन्त्रीको जिम्मेवारी आफ्नो पूर्व प्रतिद्वन्द्वी रोबर्ट एफ केनेडी जूनियरलाई दिने घोषणा गर्नुभएको थियो । केनेडी कोभिड खोपका कट्टर आलोचक हुनुहुन्छ । केनेडीको नियुक्तीपछि बिरोध भइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com