इजरायल र लेबनानबिच युद्धविरामको तयारी , मंगलबार मतदानको संभावना


प्रकाशित मिति : मंसिर १०, २०८१ सोमबार

इजरायली क्याबिनेटले लेबननमा युद्धविराम सम्झौतामा मतदान गर्ने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले यो जानकारी दिएका हुन ।

स्रोतका अनुसार, इजरायली प्रधानमन्त्रीले उक्त योजना ूसिद्धान्ततः स्वीकृत गर्नुभएको छ । मतदान मंगलबार हुनसक्ने अपेक्षा गरिएको छ ।

नेतन्याहूले आइतबार राति इजरायली अधिकारीहरूसँग सुरक्षा परामर्शका क्रममा हिज्बोल्लाहसँगको सम्भावित युद्धविरामलाई स्वीकृत गर्ने संकेत गर्नु भएको थियो । प्रवक्ताले बताए अनुसार प्रस्तावित सम्झौता पारित हुने छ।

इजरायलले सम्झौताको केही बुँदाहरुमा अझै पनि आपत्ति जनाएको छ । जुन बुँदाहरु लेबनान सरकारलाई पठाइने अपेक्षा गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्ताका सम्बन्धमा जानकारी राख्ने स्रोतहरूले भनेका छन् कि वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ । तर इजरायल र हिज्बोल्लाहबीच गोली हानाहान जारी रहँदा एउटा गल्तीले वार्ता असफल बनाउन सक्छ।

इजरायलका कट्टरपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले यो सम्झौतालाई ठूलो गल्ती भन्नुभएको छ । । यो हिज्बोल्लाहलाई समाप्त गर्ने ऐतिहासिक अवसर गुमाउनुू हुने बताएका छन्।

बेन गभिर लामो समयदेखि गाजामा इजरायल र हमासबीचको सम्भावित युद्धविराम सम्झौतालाई रोक्न प्रयास गर्दै आउनु भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com