युक्रेनलाई हतियार दिने देशका सैन्य केन्द्रमा हमला गर्ने पुटिनको चेतावनी


प्रकाशित मिति : मंसिर ७, २०८१ शुक्रबार

Russia Putin

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी सहर ड्निप्रोमा गरेको आक्रमण नयाँ परम्परागत मध्यम दूरीको मिसाइल प्रयोग गरेर गरिएको बताउनु भएको छ ।

युक्रेनले अमेरिका र बेलायतबाट प्राप्त लामो दूरीका हतियार प्रयोग गरी रुसभित्रका लक्ष्यमा आक्रमण गरेको प्रतिक्रियास्वरूप प्रहार गरिएको रुसले बताएको छ ।

आफना हतियार युक्रेनलाई दिने देशका सैन्य केन्द्रहरुमा पनि आक्रमण गर्ने पुटिनले चेतावनी दिनुभयो । अमेरिका र बेलायतले अमेरिकी एटीएसीएमएस र बेलायती स्टर्म श्याडो मिसाइलहरूको प्रयोगको अनुमति दिएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले नयाँ मिसाइल प्रयोग गर्नु युद्धको स्तर र क्रूरतामा स्पष्ट र गम्भीर वृद्धि भएको बताउनु भएको छ । रुस शान्तिमा कुनै चासो राख्दैन भन्ने यसको प्रष्ट संकत हो उहाँले भन्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जेलेन्स्कीले यो मिसाइललाई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको विशेषतासँग तुलना गरे पनि पश्चिमी अधिकारीहरूले स्वीकार गरिसकेका छैनन । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले प्रयोगात्मक मध्यम दूरीको ब्यालिस्टिक मिसाइल युक्रेनविरुद्ध प्रयोग गरिएको जनाएको छ ।

अमेरिकी पेन्टागनकी उपप्रवक्ता सब्रिना सिंहले मिसाइल प्रक्षेपणको बारेमा न्युक्लियर जोखिम न्यूनीकरण च्यानल मार्फत छोटो सूचना प्राप्त भएको जानकारी दिनुभयो ।
पुटिनले गैर परमाणु हाइपरसोनिक ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरिएको र लक्ष्य प्राप्त भएको दाबी गर्नुभएको छ ।

रुसि सैन्य अनुसन्धानका निर्देशक म्याथ्यु साभिलका अनुसार यो मिसाइलको दायरा अहिले सम्म प्रयोग भएका इस्कान्डर मिसाइलहरूको भन्दा लामो भएको देखिन्छ । जसको दायरा ५०० किलोमिटर सम्म छ ।

युद्ध १ हजार औं दिन पार गर्दै नयाँ खतरनाक चरणतर्फ अघि बढिरहेको छ । पुटिनको यो घोषणा पश्चिमी देशहरूले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइरहेको समयमा आएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com