सैनिकको आलोचना गरेको आरोपमा रुसमा चिकित्सकलाई जेल सजाय


प्रकाशित मिति : कार्तिक २८, २०८१ बुधबार

Russia Putin

रुसी सैनिकको आलोचना गरेको आरोपमा रुसमा एकजना चिकित्सकलाई जेल सजाय दिइएको छ । ६८ बर्षीया बालरोग विशेषज्ञ नादेज्दा बुयानोभालाई त्यहाँको अदालतले ५ बर्ष ६ महिनाको जेल सजाय दिने फैसला सुनाएको हो ।

बुयानोभाबिरुद्ध उनले नै उपचार गरिहेका ७ बर्षीय बालककी आमाले प्रहरीमा रिर्पोट गरेकी थिइन । ति महिलाका श्रीमान युक्रेनसंगको युद्धमा मारिएका थिए ।

उनले रुसी सैनिकको आलोचना गरेको भन्दै बुयानोभा बिरुद्ध उजुरु दिएको बताइएको छ । जेल सजाय सुनाईपछि ति चिकित्सकले भनिन कि मलाई थाहा छैन यहाँ के भइरहेको छ ।

हातमा हथकडी लगाएर ति चिकित्सकलाई अदालतमा पुराइएको थियो । आफु बिरुद्ध लागेको आरोप अस्वीकार गरेको भएपनि उनलाई जेल सजाय दिइएको छ । प्रमाणित हुने अडियो भिडियो केहि भेटिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेब्रुअरीमा उनलाई रुसी सशस्त्र बलबारे गलत जानकारी फैलाएको आरोपमा गिरफ्तार गरिएको थियो । केही समय हाउस अरेस्टमा राखेपछि उनलाई पूर्व परीक्षण हिरासतमा पठाइएको थियो । अहिले उनले अदालतमा आफ्नो निर्णय पर्खिरहेकी थिइन्।

डाक्टरकी वकिल ओस्कार चेर्जेभले यो निर्णय अत्यन्त कठोर भएको बताए । सेनाबारे गलत जानकारी फैलाउन निषेध गर्ने कानुन रुसले युक्रेनमा पूर्णतया आक्रमण गरेको समयदेखि लागू गरेको कडा कानुनहरूमध्ये एक हो ।

यो युद्धको आलोचना गर्नेहरूलाई चुप राख्न र दण्डित गर्न बनाइएको कानुन हो । रुसकी बालरोग विशेषज्ञको कारावासले देखाउँछ कि रुसमा युद्धले घरेलु दमन पनि बढाइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com