सैनिकको आलोचना गरेको आरोपमा रुसमा चिकित्सकलाई जेल सजाय


प्रकाशित मिति : कार्तिक २८, २०८१ बुधबार

Russia Putin

रुसी सैनिकको आलोचना गरेको आरोपमा रुसमा एकजना चिकित्सकलाई जेल सजाय दिइएको छ । ६८ बर्षीया बालरोग विशेषज्ञ नादेज्दा बुयानोभालाई त्यहाँको अदालतले ५ बर्ष ६ महिनाको जेल सजाय दिने फैसला सुनाएको हो ।

बुयानोभाबिरुद्ध उनले नै उपचार गरिहेका ७ बर्षीय बालककी आमाले प्रहरीमा रिर्पोट गरेकी थिइन । ति महिलाका श्रीमान युक्रेनसंगको युद्धमा मारिएका थिए ।

उनले रुसी सैनिकको आलोचना गरेको भन्दै बुयानोभा बिरुद्ध उजुरु दिएको बताइएको छ । जेल सजाय सुनाईपछि ति चिकित्सकले भनिन कि मलाई थाहा छैन यहाँ के भइरहेको छ ।

हातमा हथकडी लगाएर ति चिकित्सकलाई अदालतमा पुराइएको थियो । आफु बिरुद्ध लागेको आरोप अस्वीकार गरेको भएपनि उनलाई जेल सजाय दिइएको छ । प्रमाणित हुने अडियो भिडियो केहि भेटिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फेब्रुअरीमा उनलाई रुसी सशस्त्र बलबारे गलत जानकारी फैलाएको आरोपमा गिरफ्तार गरिएको थियो । केही समय हाउस अरेस्टमा राखेपछि उनलाई पूर्व परीक्षण हिरासतमा पठाइएको थियो । अहिले उनले अदालतमा आफ्नो निर्णय पर्खिरहेकी थिइन्।

डाक्टरकी वकिल ओस्कार चेर्जेभले यो निर्णय अत्यन्त कठोर भएको बताए । सेनाबारे गलत जानकारी फैलाउन निषेध गर्ने कानुन रुसले युक्रेनमा पूर्णतया आक्रमण गरेको समयदेखि लागू गरेको कडा कानुनहरूमध्ये एक हो ।

यो युद्धको आलोचना गर्नेहरूलाई चुप राख्न र दण्डित गर्न बनाइएको कानुन हो । रुसकी बालरोग विशेषज्ञको कारावासले देखाउँछ कि रुसमा युद्धले घरेलु दमन पनि बढाइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com