अमेरिकामा २ बालिका हत्याका आरोपीलाई १३० बर्ष जेल सजाय सुनाउने तयारी


प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार

अमेरिकाको इन्डियाना राज्यमा दुई बालिकाको हत्या आरोपमा एकजनालाई दोषी ठहर गरेको छ । त्यहाँको एक जूरीले २०१७ मा डेल्फीमा हराएका दुई किशोरीहरूको हत्या आरोपमा रिचर्ड एलेनलाई दोषी ठहर गरेको हो ।

सात महिला र पाँच पुरुषको जूरीले ३ दिनमा करिब १९ घण्टा छलफल गरेपछि ५२ वर्षीय एलेनलाई १४ वर्षीया लिब्बी भनिने लिबर्टी जर्मन र १३ वर्षीया एबिगेल विलियम्सको हत्या आरोपमा दोषी ठहर गरेको हो ।

निर्णय घोषणा हुँदा एलेन शान्त रहेर आफ्नो बाइबल बोकेर बसेका थिए । उनले कुनै प्रतिक्रिया देखाएनन् । तर पछि आफ्नो परिवारतर्फ फर्केर तिमीहरू ठीक छौ भनेर सोधे जस्तो देखिन्थ्यो।

एलेनलाई डिसेम्बर २० मा सजाय सुनाउने मिति तय गरिएको छ । जहाँ उनलाई अधिकतम १३० वर्षको जेल सजाय हुन सक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो सुनुवाइपछि मुद्दा जूरीमा पुगेको थियो । अभियोजकले बताए अनुसार एलेनले व्यक्ति, फोन, र लेखनमार्फत बारम्बार हत्या स्वीकार गरेका छन ।

एउटा रेकर्डमा एलेनले आफ्नी श्रीमतीलाई मैले गरें। मैले एबी र लिब्बीलाई मारें भनेर भनिरहेको सुन्न सकिन्थ्यो । एलेन अझै डेल्फीमा बसोबास गरिरहेका थिए र स्थानीय फार्मेसीमा काम गरिरहेका थिए ।

के हो त डेल्फी हत्याकाण्ड ?

१३ वर्षीया एबिगेल र १४ वर्षीया लिबर्टी एकअर्काका नजिकका साथीहरू थिए । जसलाई २०१७ फेब्रुअरी १३ मा डेल्फीको मोनोन हाई ब्रिज नजिकको पदमार्गमा एक आफन्तले छोडेका थिए ।

लिब्बीका बाबु उनीहरूलाई भेट्न आउनुअघि नै बेपत्ता भए । त्यस दिन अपरान्ह उनीहरू बेपत्ता भएको रिपोर्ट गरियो ।

अभियोजनका अनुसार उनीहरूलाई अन्तिमपटक देखिएको स्थानबाट लगभग एक माइल टाढा मृत अवस्थामा भेटिएको थियो । उनीहरूको घाँटी काटिएको अबस्थामा शव भेटिएको थियो ।

लिब्बीको मोबाइल फोनमा रेकर्ड गरिएको अडियोमा एउटा अपरिचित व्यक्तिले ती किशोरीहरूलाई डाँडाबाट तल जानू भनेको सुनिएको थियो ।

लिब्बीले ती व्यक्तिको छोटो भिडियो पनि खिचेकी थिइन् । यो घटना सेलाइसकेको बेला २०२२ मा एलेन पक्राउ परेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com