अमेरिकाले भन्यो : ९३ जनाको ज्यान जानेगरी इजरायलले गाजामा गरेको आक्रमण डरलाग्दो


प्रकाशित मिति : कार्तिक १३, २०८१ मंगलबार

गाजामा भएको हमलालाई अमेरिकाले डरलाग्दो भन्दै टिप्पणी गरेको छ । गाजाको उत्तरी सहर बेत लाहियामा मंगलबार इजरायली आक्रमणमा परी कम्तीमा ९३ जना प्यालेस्टिनीको मृत्यु भएको थियो ।

दर्जनौँ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो घटनालाई अमेरिकाले डर लाग्दो भनेर टिप्पणी गरेको छ ।

अमेरिकाले यस्ता हमलाहरुले मानवीय संबेदनशिलतामाथी नै प्रश्न उठाउने भन्दै घटना नदोहोराउन चेतावनी दिएको छ । निर्दोष मासिसहरु आक्रमणको निशानामा पर्नुहुदैन भन्नेमा अमेरिका सदैव प्रष्ट रहेको अमेरिकी बिदेश मन्त्रालयले बताएको छ ।

स्वास्थ्यकर्मीहरूका अनुसार मारिएका व्यक्तिहरूमा कम्तीमा २० बालबालिका पनि छन् । केही पीडितहरू अझै पनि भग्नावशेषमा अड्किएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत बर्षको अक्टोवरमा हमासले इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धले अहिले सम्म ४३ हजार बढिको ज्यान लिइसकेको छ ।

इजरायलले हरेक दिन गाजा क्षेत्रमा आक्रमण गरिरहेको छ । हमासको तर्फबाट भने नगण्य प्रत्याक्रमण भइरहेका छन । हमास गाजामा कृयासिल इजरायल बिरोधी लडाकु समुह हो ।

इरान समर्थित लेवनानको हिजबुल्लाह र प्यालेस्टिनको हमासलाई इजरायलले आफनो शत्रुको रुपमा व्यबहार गर्दै आएको छ ।

पछिल्लो पटक लेवनानमा आक्रमण बढाएर इजरायलले त्यहाँ कृयासिल हिजबुल्लाह समूहका मुख्य नेताहरुको हत्या गरिसकेको छ । हमास र हिजबुल्लाहको मुल नेतृत्वको हत्या भइसकेको भएपनि इजरायलले आक्रमणलाई भने जारी राखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com