ह्यारिसको समर्थनमा खुलेर अगाडि आउन अश्वेत पुरुषलाई पूर्व राष्ट्रपति ओवामाको आग्रह


प्रकाशित मिति : आश्विन २५, २०८१ शुक्रबार

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कमला ह्यारिसको समर्थनमा अगाडि आउन त्यहाँ रहेका अश्वेत पुरुषहरूलाई आग्रह गर्नुभएको छ ।

ओवामाको आग्रहले कतै ह्यारिसको चुनावी अभियानमा चिन्ता पैदा भएको त छैन भन्ने प्रश्न उव्जाएको छ । अश्वेत पुरुषहरूको ह्यारिसप्रति समर्थन घटिरहेको पछिल्लो सर्भेक्षणहरुले देखाएको छ ।

पिट्सबर्गको एक चुनावी कार्यालयमा अचानक भएको भ्रमणका क्रममा पूर्व राष्ट्रपति ओवामाले यो विषयमा कडा रूपमा उठान गर्नुभयो ।

ओवामाले अश्वेत पुरुषहरुप्रति महिला राष्ट्रपति भएको राम्रो हुने विचार नपलाएको आरोप समेत लगाउनु भयो । उहाँ कुनैपनि बहानाबाजी नगरी खुलेर ह्यारिसको प्रचार अभियानमा जुट्न अश्वेत पुरुषहरु संग आग्रह समेत गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेमोक्रेटिक पार्टीका सबैभन्दा लोकप्रिय व्यक्तित्व ओबामा मानिनु हुन्छ । उहाँको चुनावी अभियानले अन्तिम हप्ताको दौडमा गति दिने अपेक्षा गरिएको छ ।
ओबामाले स्वयंसेवकहरूलाई भने कि उत्साहको कमी विशेष गरी कालो पुरुषहरूमा देखिएको छ ।

पूर्व राष्ट्रपति ओबामाले ह्यारिसको लागि पिट्सबर्गबाट सुरु भएको निर्णायक राज्यहरूमा प्रचार अभियान थाल्नु भएको छ । श्रमिक संगठनहरूको बलियो प्रभाव रहेको छ । यो अर्को महत्त्वपूर्ण निर्वाचन समूह पनि हो ।

ओबामाले ट्रम्पको आर्थिक स्थायित्वको दाबीलाई खारेज गर्दै रिपब्लिकनहरूले छोडेको संकटलाई सफा गर्न ८ वर्ष बिताउनु परेको आफनो अनुभव सुनाउनु भयो । उहाँले ह्यारिसलाई “काम गर्न तयार” भएको नेता भनेर तुलना समेत गर्नुभयो ।

ओबामाले २००८ र २०१२ मा पेंसिलभेनिया जित्नु भएको थियो । जसमा अश्वेत मतदाताहरूको उच्च मतदानले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

पेंसिलभेनियासँगै, डेमोक्र्याटहरूले मिशिगन र विस्कन्सिनका अश्वेत पुरुषहरूसँगको पहुँचको प्रयासलाई पनि तीव्र बनाएका छन् ।

डेट्रोइट, मिल्वौकी र फिलाडेल्फियामा ठूलो कालो जनसङ्ख्या रहेको छ । ती शहरहरूमा उच्च मतदानले ह्यारिसको जितको सम्भावना बलियो बनाउन सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com