बाइडेन र ह्यारिस आँधी प्रभावित क्षेत्रमा , उद्धार र राहतलाई प्रभावकारी बनाउन निर्देशन


प्रकाशित मिति : आश्विन १६, २०८१ बुधबार

राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपूर्वी अमेरिकी राज्यहरूमा गएको हेलिन नामक आँधीको प्रकोपले गर्दा क्षतिग्रस्त बनाएका क्षेत्रहरूमा पुग्नु भएको छ ।

यो आँधीका कारण मृत्यु हुनेको संख्या १८० पुगेको छ । बाइडेनले हेलिकप्टरमार्फत उत्तर र दक्षिण क्यारोलिनाका प्रभावित क्षेत्रहरूको अवलोकन गर्नुभएको बताइएको छ ।

आँधीका कारण सयौं व्यक्ति अझै हराइरहेका छन् । खोज र उद्धार टोलीहरूलाई दुर्गम क्षेत्रमा पुग्न कठिनाइ भइरहेको बताइएको छ ।

बाइडेनले ६ राज्यमा उद्धारको लागि खटिएका ६ हजार र नेशनल गार्ड सदस्य र ४ हजार ८ सय संघीय सहयोगकर्मीहरूको साथमा थप १ हजार सक्रिय सैनिकहरूलाई परिचालन गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहायता सामग्रीहरू हवाइ मार्गबाट र खच्चडहरूको प्रयोग गरेर वितरण गरिएको छ । अमेरिकी सरकारले यस प्रकोपको सफाइ कार्यमा वर्षौं लाग्न सक्ने बताएको छ ।

उपराष्ट्रपति ह्यारिस छिमेकी राज्य जर्जियामा पुग्नु भएको छ । उत्तर क्यारोलिना र जर्जिया नोभेम्बरको राष्ट्रपतीय चुनावका लागि प्रमुख स्विङ राज्य हुन् ।

रिपब्लिकन राष्ट्रपतिको उम्मेदवार डोनाल्ड ट्रम्पले पनि हप्ताको सुरुमा आँधीबाट भएको क्षतिको अवलोकन गर्न जर्जिया भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति बाइडेन बिहीबार फ्लोरिडा र जर्जियाका प्रभावित समुदायहरूमा जाने कार्यक्रम रहेको छ ।

हेलिन आँधी गएको बिहीबार क्याटेगोरी ४ को आँधीका रूपमा अमेरिकामा प्रवेश गरेको थियो । हेलिनका कारण भएका आधाजसो मृत्यु केवल उत्तर क्यारोलिनामै भएका छन् ।

अन्य पाँच राज्यहरू दक्षिण क्यारोलिना, जर्जिया, फ्लोरिडा, टेनेसी र भर्जिनियामा पनि आँधीका कारण मृत्यु हुनेको संख्या रहेको छ ।

हेलिन पछिल्ला वर्षहरूमा अमेरिकामा आएको सबैभन्दा घातक आँधीमध्ये एक भएको छ । यसले २०२२ मा १५६ जनाको ज्यान लिने हरिकेन इयानको भन्दा बढी जनधनको क्षति पुर्याएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com