इजरायलको रक्षाको लागि अमेरिका तयार छ : बाइडेन


प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार

US President Joe Biden addresses the Canadian Parliament in Ottawa, Canada, on March 24, 2023. (Photo by Mandel NGAN / POOL / AFP)

अमेरिकाले इरानबाट इजरायलतर्फ प्रहार भएका दर्जनौँ ब्यालिस्टिक मिसाइलहरूलाई रोकेको बताएको छ । पेन्टागनले इरानले प्रहार गरेको मिसाइललाई रोक्न लगभग एक दर्जन इन्टरसेप्टरहरू प्रहार गरेको जनाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो निर्देशनमा अमेरिकाले सक्रिय रूपमा इजरायलको रक्षा गरेको बताउनु भयो । उहाँले बिहानै सुरक्षा सम्बन्धी महत्त्वपूर्ण मामिलाहरू समाधान गर्न व्हाइट हाउसको सिचुएसन रूममा समय बिताएको बताउनु भयो ।

इजरायली सेनाले इजरायलतर्फ लगभग १८० मिसाइल प्रहार गरिएको जानकारी दिएको छ । जसको अधिकांशलाई इन्टरसेप्ट गरिएको छ ।

इरानी राष्ट्रपति मसौद पेसेश्कियानले यस हमलालाई निर्णायक भन्दै इरानी नागरिक र स्वार्थको बचाउमा भएको प्रतिक्रिया दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबारको पेन्टागन प्रेस ब्रिफिङमा मेजर जनरल प्याट्रिक राइडरले दुई अमेरिकी नेभी विध्वंसकहरूले ती मिसाइलहरू रोक्न इन्टरसेप्टर प्रहार गरेको बताउनु भयो ।
इरानले इजरायलतर्फ लगभग १८० मिसाइल प्रहार गरेको इजरायली सेनाले जनाएको छ । यो अप्रिलमा इरानले ११० ब्यालिस्टिक मिसाइल र ३० क्रुज मिसाइल इजरायलतर्फ प्रहार गरेको घटनाभन्दा ठूलो रहेको उल्लेख गरिएको छ।

राष्ट्रपति बाइडेनले अमेरिकाले इजरायलको पूर्ण समर्थन गरेको उल्लेख गर्नुभयो । पत्रकारहरूले इरानप्रति कस्तो प्रतिक्रिया जनाइने छ भनेर सोध्दा, बाइडेनले सक्रिय छलफलको विषय भएको तर अन्तिममा हामीले के गर्नुपर्ने हो त्यो निस्कर्ष निकाल्छौँ भन्नुभयो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले वाशिङ्टनले गाजा र आसपासको क्षेत्रलाई शान्त बनाउन प्रतिरोध र कूटनीति प्रयोग गर्न खोजिरहेको बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com