२०२४ मा ३५ नेपाली कलाकारलाई पी थ्री भिसा, के उनीहरुले अमेरिकामा कर तिर्नुपर्छ?


प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार

आर्थिक बर्ष २०२४ मा अमेरिकाले ३५ जना नेपाली कलाकारहरुलाई अमेरिकामा प्रस्तुतीका लागि पी थ्री श्रेणीको भिसा प्रदान गरेको छ । अमेरिकाले चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा ६, नोभेम्बरमा ३, डिसेम्बरमा ९, अप्रिलमा ६  जुलाईमा ४, अगस्तमा ५ र सेप्टेम्बरमा २ जना नेपाली कलाकारहरुलाई अमेरिकामा प्रस्तुतीका लागि पी थ्री भिसा प्रदान गरेको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

यसरी अमेरिकामा आउने कलाकारले अमेरिकामा प्रस्तुती दिइसकेपछि प्राप्त आम्दानीको कर नतिरेमा भिसाका नियमहरुको उल्लंघन हुने न्युयोर्कका सीपीए विराज रिजालले जानकारी दिनुभएको छ । उनीहरुले ६ महिनाभन्दा कम अवधि अमेरिकामा बस्दा ३ हजारसम्मको मात्र आम्दानी गरेको भएमा भने ट्याक्समा रिपोर्ट गर्नु नपर्ने उहाँले जानकारी दिनुभयो ।

सीपीए विराज रिजाल

सामान्यतया पी थ्री भिसामा अमेरिकामा प्रस्तुती दिने कलाकारलाई आयोजक कम्पनीले १०४२ एसमा ३० प्रतिशत ट्याक्स विथहोल्ड गरेर पेमेन्ट गर्नुपर्ने र पछि कलाकारले १०४० एनआर फर्म भरेर ट्याक्स फाइल गर्दा बढी विथहोल्ड भएको रकम रिफण्ड पाउने रिजालले जानकारी दिनुभयो । पी थ्री भिसावाहकहरु सोसल सेक्युरिटी नम्बर आवेदन दिनका लागि योग्य हुने र यदि सोसल सेक्युरिटी नम्बर नभएमा ट्याक्स आईडी लिएर भएपनि ट्याक्स तिर्नुपर्ने उहाँले बताउनुभयो ।

६ महिनाभन्दा बढी बस्नेहरुका सन्दर्भमा भने ३ हजारडलरभन्दा कम आम्दानी भएपनि ट्याक्समा रिपोर्ट गर्नुपर्ने र १०४० एनआरको सट्टा नियमित १०४० आवेदनमार्फत ट्याक्स फाइल गर्नुपर्ने रिजालले बताउनुभयो । उहाँले भन्नुभयो – ‘पीथ्रीमा आउनेहरुले १०९९ आम्दानी गर्छन् । उनीहरुले नेपाल फर्केपछि पनि अनलाइनबाट ट्याक्स फाइल गर्न सक्छन् । यदि ट्याक्स नतिरेको खण्डमा भिसाको उल्लंघन हुने भएकाले पछि अप्ठ्यारो पर्नसक्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआरएसले पनि अमेरिकामा प्रस्तुती गर्ने कलाकारहरुले अमेरिकी आयकर तिर्नुपर्ने प्रष्ट पारेको छ । त्यस्तो आम्दानी रिपोर्ट गर्न र कर तिर्नको लागि अमेरिकी संघीय आयकर रिटर्न फाइल गर्न आवश्यक रहेको आईआरएसले जनाएको छ । गैरआवासीय कलाकारहरुलाई गरिने भुक्तानीहरू विशेष विथहोल्ड नियमहरूको अधीनमा रहेको आईआरएसले जनाएको छ ।

प्रथमपटक प्रकाशित मिति : सेप्टेम्बर ४, २०२४
अपडेट गरिएको मिति: डिसेम्बर २६, २०२४

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com