पेरिस ओलम्पिक : पुरुष फुटवलको स्वर्ण स्पेनले जित्यो , घरेलु मैदानमा फ्रान्स स्तव्ध


प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार

पेरिस ओलम्पिक अन्र्तगत फुटवल तर्फको स्वर्ण पदक स्पेनले जितेको छ । आयोजक फ्रान्सलाई अतिरिक्त समयमा ५-३ ले पराजित गर्दै स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको हो ।

शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा भएको फाइनलमा स्पेनले रोमाञ्चक जित निकाल्दा सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेका थिए । स्पेनले ओलम्पिकमा पुरुष फुटबलमा जितेको यो दोस्रो स्वर्ण हो ।

यसअघि सन् १९९२ मा स्पेनले स्वर्ण जितेको थियो । १९८४ मा पहिलो पटक फुटबलमा स्वर्ण जितेको फ्रान्सको घरेलु मैदानमै स्वर्ण जित्ने चाहना भने पूरा हुन सकेन ।

युरो कप को उपाधि जितेको स्पेनले गत बर्ष महिला विश्वकप फुटवलको उपाधि जितेको थियो । यो संगै अन्र्तराष्ट्रिय फुटबलमा दबदवा कायम राखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com