अष्ट्रेलियामा कोभिडको जोखिम अझैपनि उच्च ,मृत्युदर बढन सक्ने प्रक्षेपण


प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार

अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्यु दर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको छ ।

सोमबार सार्वजनिक रिपोर्टमा विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन् ।

अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडले अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसहरूको मृत्यु भएको पत्ता लगाएको छ ।

अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धानअनुसार मृत्युको नवौं प्रमुख कारण रहेको कोभिडजन्य कारणबाट गत बर्ष करिब ४ हजार ६०० जनाको मृत्यु भएको थियो ।

अनुसन्धान प्रतिवेदनमा कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएको उल्लेख गर्दै कोभिडलाई उच्च मृत्यु दरको सम्भावित कारकका रूपमा उद्धृत गरिएको छ ।

विज्ञहरूका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा अतिरिक्त मृत्युदर भने कम थियो ।

विस्तारै कोभिड–१९ लहरले हाल अघिल्लो लहरको तुलनामा कम मृत्यु भएको बताउँदै एक्च्युरी इन्स्टिच्युटकी प्रवक्ता करेन कटरले आगामी वर्षसम्म पनि कोभिड मृत्युको कारण बन्ने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com