डोनाल्ड ट्रम्पमाथि आक्रमण, अनुहारमा रगत लतपत


प्रकाशित मिति : २९ असार २०८१, शनिबार

Republican presidential candidate former President Donald Trump gestures as he is surrounded by U.S. Secret Service agents as he is taken from the stage at a campaign rally, Saturday, July 13, 2024, in Butler, Pa. (AP Photo/Evan Vucci)

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि शनिबार बेलुका पेन्सिल्भेनियाको बटलरमा एक र्‍यालीको शुरुवातमा आक्रमण भएको छ । ठूलो आवाज सुनिएपछि उनी मञ्चबाट भुइँमा लडेका थिए।

सेक्रेट सर्भिसले ट्रम्प सुरक्षित र सुरक्षात्मक उपाय अन्तर्गत रहेको बताएको छ । एक प्रवक्ताले ट्रम्प सकुशल रहेको बताएका छन् ।

उनले घटनालाई “घृणित कार्य” को रूपमा उल्लेख गरे, तर वास्तवमा के भयो भन्ने विवरणहरू सार्वजनिक गरिएको छैन ।

धमाका सुनिएपछि ट्रम्पलाई एजेन्टहरूले स्टेजमा घेरेका थिए। उनको अनुहारमा रगत देख्न सकिन्थ्यो । उनले हतारिएर भीडतिर मुट्ठी उठाएका थिए ।

यो घटना २०२४ को राष्ट्रपतीय दौडमा ट्रम्प र राष्ट्रपति जो बाइडेन दुबैको लागि प्रचार अभियानको व्यस्त दिन पछि भएको हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com