द्वन्द्वकालिन मुद्दा उठाएर अरबौंको खेती : खाँचो मेलमिलापको


प्रकाशित मिति : भाद्र २४, २०७३ शुक्रबार

 

 डा. बाबुराम भट्टराई

द्वन्दका बेला भएका घटनाहरुको सत्य–तथ्य पत्ता लगाउने, वेपत्ता पारिएकाहरुको खोजी गर्ने र त्यस क्रममा जे जति कमी कमजोरी भए ती सबैको सत्य–तथ्य ल्याएर मेलमिलापको तरिकाले त्यसलाई हल गर्ने भनेर नै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएको हो ।

जनयुद्धमा एउटा पक्षले पूरै जितेको र अर्का पक्षले पूरै हारेको अवस्था थिएन । त्यो अवस्थामा शान्ति सम्झौता भएको थियो । युद्ध भनेपछि दुवै पक्षबाट मारिने हुन्छ । माओवादी पक्षबाट सुरक्षाकर्मी मारिए, सुरक्षाकर्मीबाट माओवादी । त्यो राज्य व्यवस्था विरुद्धको संघर्ष थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बृहत शान्ति सम्झौताले दुबै पक्षलाई एकै ठाउँमा ल्याएर  मेलमिलापको वातावरण बनाउँदै अगाडी बढ्नुपर्छ भन्ने सन्देश दिएको थियो । त्यसैले यो आयोगको नामै सत्य निरुपण तथा मेलमिलाप आयोग हो ।

नेपालमा जुनसुकै शुभकार्यको  सुरुवाती गर्दा विभिन्न गलत र अवसरवादी तत्वहरुको घुसपैठ हुन्छ र विपत्तिबाट पनि लाभ लिने अत्यन्त निकृष्ठ चरित्रका कारण समस्यालाई टुंग्याउनुको साटो त्यसैमा खेल खेल्ने, नाफा कमाउने र कहिल्यै पनि शान्ति हुन नदिने, टुंगिन नदिने, विभिन्न बहानामा त्यसलाई उचालिरहने, एउटा/एउटा मुद्दा उठाइरहने अनि कहिल्यै पनि हल गर्न नदिने  सधै अस्थिरता चाहने प्रवृति बोकेका मानिसहरु  अहिले पनि देशमा हावी रहेको छ ।

सत्य निरुपणा तथा मेलमिलाप अयोगलाई गिजोलेर, किचोलेर एकअर्का बीच प्रतिशोध साँध्न र फेरि द्वन्द्वमा जाने गरी बातावरण सृजना गर्नका लागि आयोग बनेको होइन । त्यो आयोगले सत्य–तथ्य पत्ता लगाउने र दुबै तर्फबाट जे जति कमजोरी भए त्यसको विषयमा दुवै पक्षले महसुस गर्ने र मेलमिलाप कायम गर्नका लागि हो । जो त्यो बेला शहिद, घाइते, वेपत्ता भए उहाँहरुको परिवारलाई परिपुरण दिने र त्यसको उचित व्यवस्था गर्ने र समाजलाइ अग्रगमनको दिशामा अगाडि बढाउने लक्ष्यका साथ शान्ति सम्झौता भएको थियो । त्यो अनुरुप सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन गरिएको थियो ।

तर, दुर्भग्य हाम्रो नेपालमा जुनसुकै शुभकार्यको सुरुवाती गर्दा विभिन्न गलत र अवसरवादी तत्वहरुको घुसपैठ हुन्छ र विपत्तिबाट पनि लाभ लिने अत्यन्त निकृष्ठ चरित्र बोकेका मान्छेहरुका कारण समस्यालाई टुंग्याउनुको साटो त्यसैमा खेल खेल्ने, नाफा कमाउने र कहिल्यै पनि शान्ति हुन नदिने, टुंगिन नदिने, विभिन्न बहानामा त्यसलाई उचालिरहने एउटा/एउटा मुद्दा उठाइरहने अनि कहिल्यै पनि हल गर्न नदिने  प्रवृति देशमा अहिले पनि हावी रहेको छ । जुन कुरा हामीले कर्णेल कुमार लामाको केसमा  देख्न र बुझ्न सक्छौँ ।

नेपाली सेनाका कर्णेल कुमार लामालाई बेलायतमा परिवार भेट्न जाँदा पक्राउ गरियो । जब कि बृहत शान्ति सम्झौता नेपाल छ । नेपाल आफैले त्यो समस्यालाई समाधान गर्ने तयारीमा छ तर, केही डलर खेती गर्ने मान्छेहरुले शान्तिप्रक्रियालाई गिजोल्नका निम्ति कुमारको केसमा बेलायतमा मुद्दा हाले । यो उनीहरुको खेती हो । उनीहरु देशमा शान्ति चाहेकै छैनन् भन्ने प्रमाण पनि हो ।

नेपाललाई लामो समयसम्म द्वन्द्वमा फसाइराख्ने समय हामीसँग छैन । केही मान्छेहरुले यसलाई गलत नियतले अगाडी बढाइरहेका छन् ।

अर्कातिर नेपालमा एउटा/एउटा केस उछाल्ने काम भएको छ । कहिले फुजेलकाण्ड त कहिले बालकृष्ण ढुंगेल । एउटा/एउटा गरी युद्धका १० /१२ वटा मुद्दालाई पालैपालो उठाउँदै त्यसैको वरिपरि अरवौंको खेती भइरहेको छ ।

नेपालमा यस्तो दुवै खालका प्रवृत्तिहरु द्वन्द्वबाट लाभ लिने निकृष्ठ खाले प्रवृत्ति छन् त्यसको हामीले अन्त्य गर्नुपर्छ । द्धन्दका मुद्धाहरुको टुङ्गो लगाउने र समस्याको हल गर्ने भनेको सत्य निरुपण तथा मेलमिलाप आयोग नै हो । वृहत शान्ति सम्झौता जुन स्प्रिटमा बन्यो त्यसको अभिन्न अंगको रुपमा सत्य निरुपण तथा मेलमिलाप आयोगलाइ परिकल्पना गरिएको थियो र म नै प्रधानमन्त्री भएको बेला कानुनसम्बन्धी अध्यादेश जारी गरेर मात्रै त्यसलाई छोडेको थिएँ ।

मेरो नेतृत्वको सरकारले गरेको अन्तिम काम नै त्यही थियो । अध्यादेश जारी नभएसम्म मैले सत्ता हस्तान्तरण गर्दिन भनेपछि अन्तिममा राष्ट्रपतिले हस्ताक्षर गरेपछि मैले सत्ता हस्तान्तरण गरेको थिए । त्यसरी स्थापना गरेको आयोगलाइ ३/४ वर्षसम्म भइसक्दा पनि तिनै तत्वहरुले अगाडि बढ्न दिएका छैनन् । बाँदरको घाउ जस्तै कोट्याएको कोट्याइ गरिरहेका छन् समाधान हुन दिएका छैनन् । त्यसको विरुद्धमा हामीले आवाज उठाउँनै पर्छ । नेपाललाई लामो समयसम्म द्वन्द्वमा फसाइराख्ने समय हामीसँग छैन । केही मान्छेहरुले यसलाई गलत नियतले अगाडी बढाइरहेका छन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोगलाई कामकाजी बनाएर ०५२ साल फागुन १ बाट ०६३ साल मंसिर ५ गतेसम्म भएका सबै घटनाहरुको सत्य तथ्यका बारेमा छानविन गरेर त्यसको टुंगो लगाउनुपर्छ । यही नै शान्ति पक्रियाको मूल मर्म हो । अहिले विभिन्न बहानामा मुद्दा मामिला गर्ने र  एउटा/एउटा विषय उचाल्ने काम भइरहेको छ ।

ती मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलापको आयोगले छानविन गर्नुपर्छ र पीडित पक्षलाई न्याय दिनुपर्छ । कथमकदाचित गम्भिर प्रकारका मानव अधिकार विरोधी कामहरु भएका रहेछन् भने एउटा विशेष अदालतको स्थापना गरेर त्यस मार्फत निरुपण गरिनुपर्छ । त्यो नै बृहत शान्ति सम्झौताको मर्म हो । त्यसकारण त्यो बाहेक अलग–अलग तरिकाले मुद्दाहरु लगाएर समस्याको हल हुँदैन ।

युद्धका १०/१२ वटा मुद्दालाई पालैपालो उठाउँदै त्यसैको वरिपरि अरवौंको खेती भइरहेको छ । नेपालमा यस्तो दुवै खालका प्रवृत्तिहरु द्वन्द्वबाट लाभ लिने निकृष्ठ सोच र चरित्रका छन् । जसको हामीले अन्त्य गर्नुपर्छ ।

देशमा शान्ति र विकाश चाहाने मानिसले  कुनै पनि घटनालाइ  पूर्वाग्रहि भएर हेर्नु हुँदैन, कसैको उक्साहटमा आउनु हुँदैन । त्यस्ता कुनै समस्या भए अब ढिला नगरी सत्य निरुपण तथा मेलमिलापको आयोगमा ल्याएर त्यसलाई समाधान गर्नुपर्छ । सुरक्षाकर्मी साथीहरुसँग पनि कुरा भइसकेको छ । द्धन्द्धका मुद्धा यो देशको मुद्दा हो, हाम्रो शान्ति प्रक्रियाको मुद्दा हो भनेर चाहे हिजोका सुरक्षाकर्मी हुन् या माओवादी हुन् सबैले आग्रह पूर्वाग्रह नराखीकन यसको समाधानतर्फ लाग्नुपर्छ र पीडित पक्षलाई न्याय दिनुपर्छ । मेलमिलापको तरिकाले समस्यालाई टुंग्याउनुपर्छ भन्ने नयाँ शक्तिको स्पष्ट धारणा छ । त्यसैले हामी सबै पनि आ–आफ्नो ठाउँमा मेलमिलापको  वातावरण बनाऊ तर्फ लागौँ ।

द्वन्द्व पीडितहरुको समस्या समाधानका लागि नयाँ शक्तिले पहिले नै सरकारको ध्यानाकर्षण गराएका हो । फेरि पनि गराउँछ र आवश्यक पर्दा जनदवाव सिर्जना गरेर पनि छिटो भन्दा छिटो यसलाई हल गर्नका निम्ति पहल गर्ने योजनामा बनाएको छ ।

कैयौँ मानिसले भन्ने गर्छन्, नयाँ शक्ति पार्टीले हिजोका सम्पूर्ण कुरा बिर्सियो । त्यो गलत हो । हामी त्यसको जगमा उभिएर नै समृद्ध नेपालको कल्पना गरिरहेका छौं । पृथ्वी नारायण शाहदेखि भीमसेन थापासम्मका शहिदले राज्यको विस्तारको निम्ति गरेको बलिदानको इतिहासलाई पनि हामी सम्मान गर्दछौँ ।

भीमसेन थापादेखि सुरेश वाग्लेसम्मको बलिदानको इतिहासलाई सम्मान गर्दै त्यही जगमा टेकेर शान्ति कायम गर्ने र शान्तिको जगमा समृद्ध नेपाल निर्माण गर्दै नेपाललाई गरिबी र वेरोजगारीबाट मुक्त गर्ने लक्ष्य बोकेर सबै एक भएर लागौँ । एक भएर लाग्ने हो भने देश २५ वर्षमै समृद्ध बन्छ ।

प्रस्तुति : अस्मिता खड्का

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com